Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

नौ हजार २५० क्याप्सुल प्रतिबन्धित औषधिसहित दुई युवा पक्राउ

नौ हजार २५० क्याप्सुल प्रतिबन्धित औषधिसहित दुई युवा पक्राउ

  • 383
    SHARES
  • नौ हजार २५० क्याप्सुल प्रतिबन्धित औषधिसहित दुई युवा पक्राउ

    सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले दुई जना युवालाई ठूलो मात्राको प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।

    images

    गत  ३१ भदौमा इनरुवा-३ स्थित पूर्व-पश्चिम राजमार्गमा पर्ने सखुवागाछीमा जाँच गर्ने क्रममा कुल नौ हजार २५० क्याप्सुल ट्रमाडोलसहित धरान-७ का ३० वर्षीय सन्तोष लिम्बू र धरान-८ का २८ वर्षीय सविन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रदेश नं. १-०२-०४५प ११८३ लेखिएको पल्सर मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर जाँच गर्दा प्रतिबन्धित औषधि ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ठूलो परिमाणमा फेला परेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइएको सुनसरी प्रहरीले जनाएको छ । त्यस्तै, सुनसरीको कोसी गाउँपालिका-७ सप्तकोसी नदीको किनारको झाडीमा ६० किलो बेवारिसे गाँजा प्रहरीले फेला पारेको छ ।

    चारवटा प्लास्टिकका बोरा झाडीमा मुख बाँधिएको अवस्थामा फेला परेको जानकारी प्रहरीलाई आएको र खोलेर हेर्दा सो परिणामको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology