Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

फोहोर उठाउन पनि संविधान दिवस नै कुर्नुपर्ने ?

फोहोर उठाउन पनि संविधान दिवस नै कुर्नुपर्ने ?

  • 420
    SHARES
  • फोहोर उठाउन पनि संविधान दिवस नै कुर्नुपर्ने ?

    जुम्ला । चन्दननाथ नगरपालिकाले महिनौंदेखि थुप्रिएको फोहोर संविधान दिवसका अवसरमा उठाएको छ । फोहोर उठाउन सर्वसाधारणले पटक-पटक नगरपालिकालाई आग्रह गरे पनि सुनुवाई भएको थिएन । तर,संविधान दिवसका अवसरमा आइतबार नगरपालिकाले विशेष तामझाँमका साथ फोहोर उठाएको छ ।

    images

    फोहोर उठाउन सरकारी तथा गैरसरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाज, उद्योग बाणिज्य संघलगायतका प्रतिनिधिहरू भेला भएका थिए । फोहोर उठाउन पनि संविधान दिवस नै कुर्नु पर्ने अवस्था आउनु दुखद् भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत बताउँछन् ।

    अन्य बेला दिनहुँ कार्यालय आउजाउ गर्दा दुर्गन्धले नाक थुन्ने तर फोहोर नदेख्ने जनप्रतिनिधिसहित कर्मचारी संविधान दिवसमा भने सरसफाई गर्न अग्रसर भएको उनले बताए । नगरपालिकाले फोहोर व्यवस्थापनमा दीर्घकालिन योजना नबनाउँदा वर्षैभरि नगर क्षेत्र दुर्गन्धित बन्ने गरेको छ । नागरिकसँग कर उठाउन ढिला नगर्ने तर नागरिकलाई दिनुपर्ने सुविधामा सधै आलटाल गर्न गरेको स्थानीयको आरोप छ ।

    चन्दननाथ नगरपालिका वातावरण तथा सरसफाई शाखा प्रमुख नायव सुब्बा लक्ष्मीचन्द्र न्यौपानेकाअनुसार डम्पिङ साइडको व्यवस्थापन नभएकाले समस्या भइरहेको छ । उनले भने, ‘फोहोर व्यवस्थापनको दीर्घकालिन व्यवस्थापनको योजना बनाइरहेका छौं । अब नियमित फोहोर उठाउँछौं ।’

    संविधान दिवसको अवसरमा धार्मिक तथा पर्यटन क्षेत्र सरसफाई गर्नु भन्ने परिपत्र आएको सरसफाई गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताईन् । उनले भनिन्, ‘नगर सरसफाई तथा फोहोर संकलन गर्ने नगरपालिकाकै दायित्व र जिम्मेवारी हो । यसमा नागरिक पनि उत्तिकै जिम्मेवार हुनु पर्छ ।’

    जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाका अनुसार डम्पिङ साइडसम्म बाटो (सडक) पुर्‍याउनकै लागि भनेर धेरै बजेट खर्च भएको देखिन्छ । तर फोहोर व्यवस्थापन भने भएको देखिदैन । उनले भने, ‘बजेट पनि नरहने फोहोर पनि व्यवस्थापन नहुने भन्ने पनि हुन्छ र ? सबै आ-आफ्नो जिम्मेवारबाट पन्छिने प्रवृत्तिले  जुम्ला बजारमा दुर्गन्धित बनेको हो ।’

  • सम्बन्धित विषय:

  • # फोहोर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology