Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

विश्व बक्सिङ च्याम्पियनसिप छनोटमा भूपेन्द्र प्रथम

विश्व बक्सिङ च्याम्पियनसिप छनोटमा भूपेन्द्र प्रथम

  • 463
    SHARES
  • विश्व बक्सिङ च्याम्पियनसिप छनोटमा भूपेन्द्र प्रथम

    काठमाडौं । नेपाल प्रहरीका भूपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि संचालित खुला छनोट प्रतियोगिताको ६३ किलोमा आइतबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता भूपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित गरे ।

    images

    सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ५१ किलोमा एचटुओका रविन थापा पहिलो भए । उनले फाइनलमा एपीएफका प्रदीप महर्जनलाई हराए । ५७ किलोको फाइनलमा एपीएफका पुरन राईले बक्समान्डुका सरोज महर्जनलाई पन्छाउँदै शीर्ष स्थान हात पारे । ७१ किलोमा एपीएफका विकास लामा पहिलो भए । उनले फाइनलमा नेपाल आर्मीका दीपेश लामाको चुनौती पन्छाए ।

    पाँच स्पर्धा समावेश छनोट प्रतियोगिताको अन्तिम दिन सोमबार ललितपुरका सनिल शाही र बक्समान्डुका दाबा छिरिङ लामाबीच ६७ किलोको फाइनल प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा १३औँ सागका स्वर्णधारी सनिलले भाइबका विकास राना मगर तथा दाबाले एपीएफका सुमन कार्कीलाई पाखा लगाए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology