Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

रोनाल्डो र लिंगार्डको गोलमा युनाईटेडको पुनरागमन जित

रोनाल्डो र लिंगार्डको गोलमा युनाईटेडको पुनरागमन जित

  • 425
    SHARES
  • रोनाल्डो र लिंगार्डको गोलमा युनाईटेडको पुनरागमन जित

    काठमाडौं । पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको गोलसँगै इंग्लिस प्रिमियर लिग (इपीएल) मा म्यानचेष्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा भ्रमणकारी टोली म्यानचेष्टरले वेष्ट हाम युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    images

    लण्डन स्टेडियममा १-० गोल अन्तरले पछि परेको स्थितिमा म्यानचेष्टर युनाईटेड खेलमा पुनरागमन गरेको हो । खेलको ३० मिनेटमा साइड बेन्राहमाको गोलमा घरेलु टोली वेष्ट हामले खेलमा अग्रता बनाएको थियो । त्यसको ५ मिनेटमै रोनाल्डोले बराबरी गोल गरे ।

    खेल सकिन १ मिनेट बाकी रहँदा जेसे लिंगार्डले गोल गर्दै म्यानचेष्टरलाई महत्वपूर्ण तीन अंक दिलाए । लिंगार्डले माटिकको पास सदुपयोग गरेका थिए । खेलमा थपिएको ५ मिनेटमा म्यानचेष्टरका गोलरक्षक डेभिड डे गेआले पेनाल्टी रोक्दै टोलीलाई अंक बाढ्नबाट जोगाएका थिए ।

    जितसँगै म्याचनेष्टर युनाईटेड प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा ४ जित र १ बराबर गरेको युनाईटेड शीर्षस्थानको लिभरपुलसँग समान १३ अंक भए पनि गोलअन्तरका आधारमा दोस्रो  स्थानमा रहेको हो । यता, पराजित वेष्ट हाम भने ५ खेलबाट २ जित, २ बराबर र १ हारसहित ८ अंक बनाउँदै आठौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # इपीएल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology