Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कांग्रेस १४ औं महाधिवेशनमा झापा गाउँपालिकाको सभापतिमा सागीरथ

कांग्रेस १४ औं महाधिवेशनमा झापा गाउँपालिकाको सभापतिमा सागीरथ

  • 595
    SHARES
  • कांग्रेस १४ औं महाधिवेशनमा झापा गाउँपालिकाको सभापतिमा सागीरथ

    झापा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको हो ।  कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति घोषणा गरिएको जानकारी दिए । ‘सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन गरियो,’ उनले भने । 

    सो गाउँपालिकाको सबै सात वडामा यसअघि सर्वसम्मत वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको छ । आदिवासी मधेशी समुदायको बाहुल्य सो पालिकामा गणेशको नेतृत्वमा गाउँ कार्य समिति नै सर्वसम्मत भएको कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । 

    गणेशको नेतृत्वमा चयन भएको गाउँ कार्य समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल, सचिवमा सञ्जय गणेश र प्रताप विश्वकर्मा र सहसचिवमा सफिउल्ला अन्सारी चयन भएका छन् । पार्टीका जिल्ला सभापति थापाले अन्य पालिकाले नेतृत्व चयनका लागि झापा गाउँपालिकाबाट शिक्षा लिनुपर्ने बताए । पालिकामा २ सय ५६ क्रियाशील सदस्य छन् । 

    जिल्लामा १५ पालिका छन् । अन्य पालिकामा गाउँ तथा नगर सभापतिका लागि हरेक पालिकामा तीनभन्दा बढी आकांक्षीले उम्मेदवारी घोषणा गर्दै मत मागिरहेका छन् ।  झापा गाउँपालिकामा वडा तहको निर्वाचनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाका सभापतिको संयुक्त भेलामा गाउँ सभापति पदमा गणेशको एक मात्र नाम आएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij