Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

वायु प्रदूषणका कारण हरेक वर्ष ७० लाखको मृत्यु

वायु प्रदूषणका कारण हरेक वर्ष ७० लाखको मृत्यु

  • आश्विन ८, २०७८ शुक्रवार ०९:४४ बजे
  • 508
    SHARES
  • वायु प्रदूषणका कारण हरेक वर्ष ७० लाखको मृत्यु

    जेनेभा– वायु प्रदूषणका कारण विश्वभर हरेक वर्ष करिव ७० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ । प्रदूषणपछि फैलने विभिन्न रोगका कारण यति धेरै मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको हो ।

    डब्ल्यूएचओले वायु प्रदूषणको अवस्था मानिसले सोचेभन्दा खतरनाक रहेकोसमेत चेतावनी दिएको छ । डब्ल्यूएचओले नोभेम्बरमा हुन लागेको कोप २६ सम्मेलनअघि एक सय ९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न अनुरोध गरेको छ ।

    वायु प्रदूषणका कारण श्वासप्रश्वासजन्य रोग हुन्छ । दूषित वायुले मानिसको फोक्सोकोमा गम्भीर असर गर्ने विज्ञहरू बताउँछन् । 

     

  • सम्बन्धित विषय:

  • # वायु प्रदूषण

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij