Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

ग्रेउथर फुर्थलाई हराउँदै बायर्न शीर्ष स्थानमा उक्लियो

ग्रेउथर फुर्थलाई हराउँदै बायर्न शीर्ष स्थानमा उक्लियो

  • आश्विन ९, २०७८ शनिवार ०९:१६ बजे
  • 467
    SHARES
  • ग्रेउथर फुर्थलाई हराउँदै बायर्न शीर्ष स्थानमा उक्लियो

    काठमाडौं ।  जर्मन बुण्डेस लिगा अन्तर्गत छैटौं चरणको खेलमा सहज जित निकाल्दै बायर्न म्युनिख तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

    शुक्रबार राति भएको खेलमा बायर्नले घरेलु टोली  ग्रेउथर फुर्थलाई ३– १ गोल अन्तरले पराजित गरेको हो ।  अपराजित यात्रा कायम गर्ने क्रममा बायर्नको लागि  थोमस मुलर, जोसुवा किमिचीले १–१ गोल गरे । फुर्थका सेबास्टिएन ग्रेयसबेकले आत्माघाती गोल गरे । पराजित फुर्थका लागि क्रेडिक इथेनले १ गोल गरेका थिए  । 

    मुलरले खेलको १० मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । किमिचिले ३१ मिनेटमा अग्रता २(० को बनाए  । सेबास्टिएनले खेलको ६८ मिनेटमा आत्माघाती गोल गर्दा बायर्नले अग्रता ३-० को बनायो । फुर्थका इथेनले ८७ मिनेटमा सान्त्वना गोल गरेका थिए  । 

    जितसँगै बायर्नले ६ खेलबाट ५ जित र १ बराबर सहित १६ अंक बनाउदै शीर्ष स्थानमा छ । एक खेल कम खेलेको वोल्फस्बर्ग १३ अंकसहित दोस्रो स्थानमा छ । 

    पराजित फुर्थ भने ६ खेलबाट १ अंकसहित  तालिकाको पुछारमा छ । 

  • सम्बन्धित विषय:

  • # बायर्न म्युनिख

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij