Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

इसीडी शिक्षकको तलब १७ हजार पुर्‍याइयो, माग फारम भर्न आग्रह [सूचनासहित]

इसीडी शिक्षकको तलब १७ हजार पुर्‍याइयो, माग फारम भर्न आग्रह [सूचनासहित]

  • 23.4K
    SHARES
  • इसीडी शिक्षकको तलब १७ हजार  पुर्‍याइयो, माग फारम भर्न आग्रह [सूचनासहित]

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिकाले शिक्षक र विद्यालय कर्मचारीलाई माग फारम पेश गर्न आग्रह गरेको छ । यही असोज ७ सूचना जारी गर्दै नगरपालिकाले सो आग्रह गरेको हो । 

    images

    ‘आर्थिक वर्ष २०७८/७९ को त्यस विद्यालयमा कार्यरत सरकारी तलबभत्ता खाने शिक्षक कर्मचारीको प्रथम चौमासिक तलबभत्ता (चाडपर्व खर्च समेत) माग गर्न हुन् । तलब भत्ता माग गर्दा विद्यालय कर्मचारी (कार्यालय सहयोगी)को रू १५,०००, पूर्वप्राथमिक कक्षा सहजकर्ता (इसीडी) को रू १७,००० र विद्यालय कर्मचारी (लेखापाल) को रू १७,५०० मासिक दरले माग गर्नुहुन साथै माग फारम ल्याउँदा आर्थिक वर्ष २०७७/७८ को सामाजिक परीक्षण प्रतिवेदन तथा विवरण बुझाउन छुट भएको भए पाठ्यपुस्तक र छात्रावृत्ती विवरण भपाई समेतको मिति २०७८/६/११ गतेभित्र शिक्षा शाखा कावासोतीमा पेश गर्न हुन अनुरोध गरिन्छ,’ नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीद्वारा दस्तखत सूचनामा भनिएको छ । 

    स्थानीय तहले क्रमशः दिनथाले इसीडी शिक्षक र विद्यालय कचारीलाई तलब [सूचनासहित] स्थानीय तहले क्रमशः दिनथाले इसीडी शिक्षक र विद्यालय कचारीलाई तलब [सूचनासहित]

    संघीय सरकारले दिएको ८ हजार रूपैयाँमा बाँकी रकम थप गरेर कावासोती नगरपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई दिएको हो । कतिपय नगरपालिकाले सो रकममा थप गरेर दिन अस्वीकार गरेपछि शिक्षक र कर्मचारी निरन्तर आन्दोलनमा छन् । इसीडी शिक्षक र विद्यालय कर्मचारी । फाइल तस्बिर । 

    kawasoti.jpg

      

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology