Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

फाइजरको बुस्टर डोज लगाउँदै अमेरिकी राष्ट्रपति बाइडेनले भने, म त झन जवान पो देखिए

फाइजरको बुस्टर डोज लगाउँदै अमेरिकी राष्ट्रपति बाइडेनले भने, म त झन जवान पो देखिए

  • आश्विन १२, २०७८ मंगलवार ०९:११ बजे
  • 882
    SHARES
  • फाइजरको बुस्टर डोज लगाउँदै अमेरिकी राष्ट्रपति बाइडेनले भने, म त झन जवान पो देखिए

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिडको बुस्टर डोज लगाएका छन् । राष्ट्रपति बाइडेनले फाईजरको बुस्टर डोज लगाएका हुन् । 

    कतिपय अमेरिकीले तेस्रो खोप आवश्य नपरेको भनिरहेका बेला बाइडेनले राष्ट्रपति कार्यलय ह्वाइट हाउसमा खोप लगाएका हुन् । हालै अमेरिकाको स्वास्थ्य निर्देशिकाले ६५ वर्षमाथिका व्यक्तिलाई फाइजरको तेस्रो डोज अनुमोदन गरेको थियो । 

    ‘म ६५ वर्षको जस्तो नदेखिए पनि मैले यो उमेर पार गरिसकेको छु ’ ७८ वर्षीय बाइडेनले ठट्टा गर्दै भने । बुस्टर डोज लगाए पनि आफू झन् जवान देखिएको उनको  भनाई थियो । स्वास्थ्यमा गम्भिर समस्यादेखि भाईरसको जोखिममा रहेका स्वास्थ्यकर्मीले बुस्टर डोज लगाउन सक्छन् । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij