Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

आज नेपालले बंगलादेशसँग खेल्दै, पहिलोपटक फाइनल पुग्ने दाउमा

आज नेपालले बंगलादेशसँग खेल्दै, पहिलोपटक फाइनल पुग्ने दाउमा

  • 470
    SHARES
  • आज नेपालले बंगलादेशसँग खेल्दै, पहिलोपटक फाइनल पुग्ने दाउमा

    काठमाडौं । १३ औं साफ च्याम्पियनसिप अन्तर्गत  नेपालले लिग चरणको अन्तिम फुटवल खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। आजको खेलबाट नै यो सिजनमा नेपालको बाँकी यात्रा टुंगो लाग्नेछ । सुरुवातमा लगातार दुई खेल जिते पनि तेस्रो खेलमा भारतसँग हारेको नेपाल बंगलादेशसँगको खेल जित वा बराबरी गरेमा फाइनल प्रवेश गर्नेछ । समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ ।

    images

    बंगलादेशसँगको खेलमा हारेमा नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा पनि नेपाल ७ अंक जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ। जित्यो भने नेपाल ९ अंकका साथ फाइनल प्रवेश गर्नेछ। सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा हालसम्म नेपाल पुग्न सकेको छैन । हालसम्म तेस्रो स्थानभन्दा माथिल्लो उपलब्धि नेपालले हासिल गर्न सकेको छैन।यसपटक भने नेपाल फाइनल पुग्ने लक्ष्यमा रहेको छ । अहिले नेपाल त्यो लक्ष्य नजिक रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology