Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

दसैँमा वृद्ध बुबाआमालाई मिस गर्दै नागरिकको सुरक्षामा खटिनेछु : एसएसपी अशोक सिंह

दसैँमा वृद्ध बुबाआमालाई मिस गर्दै नागरिकको सुरक्षामा खटिनेछु : एसएसपी अशोक सिंह

  • 554
    SHARES
  • दसैँमा वृद्ध बुबाआमालाई मिस गर्दै नागरिकको सुरक्षामा खटिनेछु : एसएसपी अशोक सिंह

    काठमाडौं । चाडपर्वमा पनि नागरिकको सुरक्षामा खट्नु पर्ने भएकाले सबै प्रहरीले बिदा पाउँदैनन् । दसैँमा दुर्घटना, अपराध बढ्न सक्ने भएकाले प्रहरीको ड्युटी कडा हुनु जरुरी हुन्छ । 

    images

    दसैँमा नागरिक सुरक्षाका लागि खटिएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहसँग फौजी दसैंबारे गरिएको कुराकानी : 


    हामीलाई दसैंमा विदा हुँदैन । सम्पूर्ण जनशक्ति जनताको जिउधनको सुरक्षा र अपराध रोकथाम नियन्त्रणमा खटिरहेको छ । दसैंतिहार विशेष सुरक्षा योजना लागु गरेका छौं । काठमाडौंको पचासौं लाख जनसंख्याको सुरक्षा, चाडपर्व मनाउन बाहिर जाने र अन्य यहाँको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनुपर्ने भएकाले प्रहरी प्रधान कार्यालयबाटै विदा नछोड्ने भन्ने निर्देशन आएको हुनाले हामी आफ्नो ड्युटी गर्ने, ड्युटी गर्दै रमाउने र मनाउने गरेका छौं । दसैंको बेला संगठन प्रमुखसँग टीका ग्रहण गर्न जान्छौं । मातहतमा रहेका वृत्त प्रमुखहरुसँग पनि टीका आदान प्रदान हुन्छ ।

    म दसैंमा घर (धनगढी) जान नपाएको १५ वर्ष भयो । तर बीच–बीचमा बुवालाई काठमाडौं बोलाएर पनि टीका ग्रहण गरेको छु । बुवा ८४ वर्ष पुग्नुभयो । आमा पनि वृद्ध हुनुहुन्छ । म अहिले काठमाडौंजस्तो संवेदनशील ठाउँको इन्चार्जको जिम्मेवारीमा छु । आमाबुवालाई एकदमै मिस गरिन्छ । घरबाट पनि गुनासो हुन्छ । तर, चाडपर्वको बेला आफूले निर्वाह गर्नुपर्ने व्यवसायिक जिम्मेवारी छ ।

    पहिलो प्राथमिकता हाम्रो जिम्मेवारी र कर्तव्य पालना हो । त्यसमा फोकस भएर यहीँ रमाएर दसैं मनाउने भन्ने छ । घरपरिवारलाई पनि कन्भिन्स गर्छौं । उहाँहरूले पनि बुझ्नुहुन्छ । साथै प्रहरी कर्मचारीलाई पनि मोटिभ गर्नुपर्ने हुन्छ । मन खल्लो नहोस् भनेर ब्यारेकमै मनाउँछौं । मासुभात खाने, अनि ड्युटी गर्ने हुन्छ । ड्युटीलाई प्रभाव नपर्नेगरी पालैपालो रोटेसनमा टीका लगाइदिने हुन्छ । हामी दसैं पनि मनाउँछौं, ड्युटी पनि गर्छौं । नागरिकले ढुक्कसँग दसैं मनाउन पाएभने हामीलाई सन्तोष हुन्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology