Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

यी हुन् विश्वकै अग्ली महिला

यी हुन् विश्वकै अग्ली महिला

  • 776
    SHARES
  • यी हुन् विश्वकै अग्ली महिला

    अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई ८ फिट २ दशमलब ८ इन्च छ । गिनिज वल्र्ड रेकर्डले यसै साता उनलाई विश्वकै जीवित अग्लो महिलाको मान्यता दिएको हो । 

    images

    उनी जन्मदै विभर सिन्ड्रोम नामक एउटा दुर्लभ वंशानुगत समस्याबाट पीडित थिइन् । विज्ञहरुका अनुसार यस्तो समस्याबाट पीडित व्यक्तिको अस्वभाविक उचाई बढ्छ । ‘रुमेसालाई विश्वकै अग्लो महिला घोषणा गर्न पाउँदा हामी अत्यधिक खुसी छौं,’ गिनिज वल्ड रेकर्डले एउटा प्रेस बिज्ञप्तिमा भनेको छ । 

    वाकिङ फ्रेमको सहायतामा हिड्ने रुमसेलले भनिन्, ‘भिन्नु हुनु अरु व्यक्तिले सोचेजस्तो खराबी होइन । यसले तपाईलाई अप्रत्यासित सफलता दिन्छ ।’ ‘विभर सिन्ड्रोमका विरामीबारे सचेता बृद्धि गर्न मैले सहयोग गर्नेछु भन्ने मलाई विश्वास छ । ’ विश्वकै अग्लो महिलाको उपाधिबाट सम्मानित भएपछि रुमसेलाले भनिन् । 

    उनी ह्वीलचेयरको सहायतामा मात्र हिडडुल गर्न सक्छिन् । विश्वकै अग्ला पुरुष टर्कीकै सुल्तान खोसान हुन् । उनको उचाई ८ फिट २ दशमलब ८ इन्च छ । रुमेसाको यो दोस्रो विश्व रेकर्ड हो । सन् २०१४ मा १८ वर्षको उमेर उनी विश्वकै अग्लो किशोरी बनेकी थिइन् । यसअघि अमेरिकाकी सान्ड्रा एनेन विश्वकै अग्ली महिला बनेकी थिइन् । 

    Guinness-Record-2.webp
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology