Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

यस वर्षको पद्मश्री साधना सम्मान भक्तराज र पद्मश्री साहित्य पुरस्कार मोक्षभूमिलाई

यस वर्षको पद्मश्री साधना सम्मान भक्तराज र पद्मश्री साहित्य पुरस्कार मोक्षभूमिलाई

  • 696
    SHARES
  • यस वर्षको पद्मश्री साधना सम्मान भक्तराज र पद्मश्री साहित्य पुरस्कार मोक्षभूमिलाई

    काठमाडौं । पद्मश्री साधना सम्मान-२०७७ बाट भजन शिरोमणि भक्तराज आचार्य सम्मानित भएका छन् । उनलाई यो सम्मान बुधबार आयोजित एक कार्यक्रमबीच खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा प्रदान गरेकी हुन् ।

    images

    आचार्यका छोरा तथा गायक सत्यराज आचार्यले यो सम्मानले बुवालाई हौसला मिलेको बताए । भजन शिरोमणि आचार्यले आफूले २०५० मा आफ्नो जिब्रो काटिएपछि धेरै सम्मान प्राप्त गरेको भए पनि हालसम्मकै सबैभन्दा ठूलो धनराशिको सम्मान पाएकामा खुसी व्यक्त गरेको सत्यराजले बताए । सम्मानपत्र, दोसल्लाभन्दा पनि नगदले सम्मान गर्दा साहित्यकार, लेखकलाई जीविकोपार्जन तथा औषधोपचारमा सहयोग पुग्ने धारणा आचार्यले राखेका थिए । 

    पद्मश्री साहित्य पुरस्कार–२०७७ आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । उक्त पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षसमेत रहेका प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले आगामी वर्षबाट तीन लाख रुपैयाँ राशिकै पद्मश्री समाज सम्मानबाट पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने बताए । प्रतिष्ठानले प्रत्येक कोजाग्रत पूर्णिमाका दिन सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । 

    प्रतिष्ठानका सदस्यसचिव रवीन्द्र समीर र प्रतिष्ठानको आगामी वर्ष उत्कृष्ट कृति छनोटका संयोजक राम लोहनीले चैत मसान्तसम्म प्रकाशन भएका नयाँ कृतिहरू २०७९ वैशाखभित्र उपलब्ध गराउन आग्रह गरे । आगामी वर्षका लागि कृति छनोट गर्न लोहनीको संयोजकत्वमा कुमारी लामा र नयनराज पाण्डे सदस्य रहेको समिति गठन गरिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology