Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

चीनले दुई पटक हाइपरसोनिक हतियार परीक्षण गरेको पुष्टि

चीनले दुई पटक हाइपरसोनिक हतियार परीक्षण गरेको पुष्टि

  • 401
    SHARES
  • चीनले दुई पटक हाइपरसोनिक हतियार परीक्षण गरेको पुष्टि

    लन्डन । चीनले जुलाई र अगस्ट गरी दुई पटक नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको फाइनेन्सियल टाइम्सले खुलासा गरेको छ । यो खुलासासँगै चीनको भूराजनीतिक प्रतिद्धन्द्धी अमेरिका चिन्तित बनेको छ ।  क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर अधिकारी स्तब्ध बनेको पत्रिकाले टिप्पणी गरेको छ । पत्रिकाअनुसार चीनले पहिलोपटक जुलाई २७ मा आणविक हतियार क्षमतायुक्त हाइपरसोनिक ग्लाईड भेहिकललाई पृथ्वीको परिक्रमा गराएपछि लक्ष्यतर्फ पठाएको थियो ।

    images

    त्यसको दुई सातापछि १३ अगस्टमा चीनले दोस्रो हाइपरसोनिक परीक्षण गरेको थियो । चिनियाँ सेनाको प्रगतिबाट अमेरिका अत्तालिएको छ । अमेरिकी वैज्ञानिकहरुले हाइपरसोनिक हतियारको क्षमताबारे चासो देखाउँदै आएको छ । चीनको आणविक हतियार क्षमताबाट राष्ट्रपति जो बाइडेन प्रशासन चिन्तित छ । यस्तो उपकरण अमेरिकासँग भने छैन् । चीनको विदेश मन्त्रालयले यसअघि अन्तरिक्षमा विमान मात्र पठाएको जनाएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology