Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

कमब्याक असफल भएपछि शिल्पा शेट्टीको ध्यान वेब सिरिजमा

कमब्याक असफल भएपछि शिल्पा शेट्टीको ध्यान वेब सिरिजमा

  • 442
    SHARES
  • कमब्याक असफल भएपछि शिल्पा शेट्टीको ध्यान वेब सिरिजमा

    काठमाडौं । शिल्पा शेट्टी कुनै समयकी सफल अभिनेत्री हुन् । उनले बलिउडका प्राय: कलाकारहरूसँग स्क्रिन सेयर गरेकी छिन् ।ठूलो पर्दाबाट टाढिएपछि सानो पर्दामा सुपर डान्सर शोमा जज बनेकी शिल्पाले गत वर्ष फिल्म गरिन् । आफूलाई फिट राखेकी शिल्पा फिल्ममा आएपछि दर्शकले माया गर्ने अपेक्षा गरिएको थियो । तर त्यसो भएन । कोरोना भाइरसको कारणले सिर्जित अवस्थाले गर्दा केही समय रोकिएको फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भयो । 

    images

    प्रियदर्शन निर्देशित सफल फिल्म ‘हंगामा’ को दोस्रो भाग भनिएको ‘हंगामा २’ गत जुलाईमा रिलिज भयो । कमेडी फिल्म बनाउन माहिर मानिने निर्देशक प्रियदर्शनले निर्देशनमा कमब्याक गरेको फिल्म भएकाले पनि अपेक्षा राम्रो थियो । तर, न त यसले प्रियदर्शनलाई नै फाइदा गर्‍यो न त शिल्पालाई । फिल्म लगानीका हिसाबले ओटीटीमा रिलिज हुँदा केही मुनाफामा गए पनि यसले दर्शकको मन जित सकेन । 

    डिज्ने प्लस हटस्टारमा रिलिज भएको फिल्मले शिल्पालाई केही फाइदा नपुगेपछि उनले अन्य फिल्म साइन गरेकी छैनन् । उनको फिल्ममा ‘असफल कमब्याक’ भएपछि पछिल्लो समय ध्यान वेब सिरिजमा पुगेको छ । माधुरी दीक्षित, रविना टन्डन, सुष्मिता सेन, जुही चावलालगायत सिरिजमा काम गरिरहेकाले शिल्पा पनि त्यसतर्फ आकर्षित भएकी हुन् । उनी फिल्ममा सहायक भूमिका निर्वाह गर्नुको सट्टा सिरिजमा लिड रोल चाहन्छिन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology