Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

महंगो केसरका फाइदा धेरै 

महंगो केसरका फाइदा धेरै 

  • 1.3K
    SHARES
  • महंगो केसरका फाइदा धेरै 

    काठमाडौं । केसरलाई विश्वमा सबैभन्दा महंगो मसलाका रुपमा हेरिन्छ । यसको आर्कषक रङ, बास्ना र यसले गर्ने फाइदाका कारण अरुभन्दा अलग र महंगो बनाएको हो । यसको प्रयोग विशेषगरी दुध वा दुधजन्य खानेकुरामा बढी गरिन्छ । 

    images

    सुगन्धीत केसर महंगो हुनुमा यसमा भएको औषधिय गुण पनि एउटा कारण हो । केसरको प्रयोग मसलाका रुपमा र आकर्षक देखियोस भनेर गरिन्छ । केसर देख्नमा सानो–सानो चक्किलो धागो जस्तै हुन्छ । केसरको उपयोग आयुर्वेद चिकित्सा पद्धतिमा पनि विभिन्न प्रकारले गरिन्छ । 

    आरामदायी निन्द्रा 
    केसरका गुणहरुमा अनिन्द्राको समस्यालाई हटाउने पनि पर्छ । केसर खाने गरेमा डिप्रेसनका रोगीहरुमा सकारात्मक प्रभाव पार्छ । जसले राम्रो निन्द्रामा सहायता गर्छ । 

    मस्तिष्कका लागि लाभदायक
    केसर मस्तिष्क स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ । एक दिनमा ३० मिलीग्राम केसरको सेवनले अल्जाइमरको समस्या भएका व्यक्तिलाई फाइदा गर्छ । यसमा पाइने पोषकतत्वले चिन्ता हटाउन पनि मद्दत गर्छ । 

    पाचनतन्त्रलाई बलियो बनाउँछ
    राम्रो पाचन प्रक्रियाको लागि केसर उपयुक्त हुन्छ । केसरमा पाचन प्रक्रिया राम्रो बनाउने औषधिय गुण पाइन्छ । यसले पेटलाई स्वस्थ राखी ग्याष्ट्रिक, युरिक एसिड कम गर्न र पाचन प्रक्रिया सुधार गर्न उल्लेखनीय भुमिका निभाउँछ । 

    गर्भावस्थामा लाभदायक 
    गर्भावस्थाको समयमा केसरको सेवन गर्नु लाभदायक हुन्छ । गर्भावस्थाको तेस्रो महिना कटेपछि थोरै मात्रामा केसरलाई दुधमा मिसाएर खान सकिन्छ । यसले प्रसव पीडालाई केही हदसम्म कम गर्न मद्दत गर्छ । केसरको नियमित सेवनले नर्मल डेलिभरीको सम्भावना पनि हुन्छ । 

    आँखालाई स्वस्थ राख्छ
    केसरका फाइदामध्ये आँखालाई स्वस्थ राख्ने पनि एक हो । यसले आँखाको ज्योतीमा सुधार ल्याउँछ । केसरले आँखामा हुने अनेक समस्याको जोखिमलाई न्युनिकरण गर्छ । यसले आशु चुहिने, खराब दृष्टि, दिनमा अन्धोपन र मोतियाबिन्दूको जोखिमलाई कम गर्छ । 

    वाथमा आराम 
    वाथले जोर्नी दुखेको तथा सुन्निएको केसरले निको पार्छ । केसरमा पाइने एन्टीइन्फ्लेमेन्टरी गुणले वाथको दुखाइ पनि कम हुन्छ ।

    दमको उपचार
    दमले फोक्सोको कोशिका सुन्निने समस्या हुन सक्छ । केसरको सेवनले यस समस्याबाट केही हदसम्म बच्न सकिन्छ । यसले फोक्सो सुन्निएको कम गरी दमको समस्याबाट पनि राहत दिन्छ । 

    घाउ चाँडै भर्छ
    केसरको सेवनले घाउहरु छिटो निको हुन पनि मद्दत पुग्छ । केसरमा पाइने एन्टीइन्फ्लामेन्टरी र एन्टीअक्सिडेन्ट गुणले घाउलाई चाँडै निको पार्छ । 

    कपाल बढाउँछ
    केसरलाई कपालको लागि लाभदायक मानिन्छ । यसले कपाल बढाउन मद्दत गर्छ । साथै केसरले कपाल झर्ने समस्यालाई पनि कम गर्छ ।

  • सम्बन्धित विषय:

  • # केसर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology