Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

बेमौसमी वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध 

बेमौसमी वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध 

  • कार्तिक ६, २०७८ शनिवार ०७:५० बजे
  • 475
    SHARES
  • बेमौसमी वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध 

    खोटाङ ।   बेमौसममा परेको वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध बनेका छन् । ३१ असोजदेखि २ कात्तिकसम्म परेको अविरल वर्षाका कारण जिल्लाको महुरे–रसुवाघाट, दिक्तेल हाटडाँडा–खानीडाँडा–पञ्चमी, दिक्तेल अस्पतालचोक–मात्तिम लगायतका कच्ची सडक ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

    images

    वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण यातायात सेवा प्रभावित भएको हो । कतिपय ठाउँमा पहिरो खसेका कारण कच्ची सडक अवरुद्ध बनेको हो । दिक्तेल–पाथेका र दिक्तेल–खार्मी सडकमा गत वर्षादेखि नै सवारी साधन चलेका छैनन् । 

    बेमौसममा परेको वर्षाका कारण जिल्लाका १० स्थानीय तहका कच्ची सडकको अवस्था पनि उस्तै नाजुक छ । सवारी साधन सञ्चालन नहुँदा आकस्मिक काम तथा चाडवाडका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् । कच्ची सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार–पसार गर्ने एम्बूलेन्स सेवा सबैभन्दा बढी प्रभावित भएको छ । एम्बूलेन्स हिँड्न नसक्ने अवस्थामा कतिपय बिरामीलाई अस्पताल लैजान हेलीकोप्टर चार्टर गर्ने गरिएको छ ।

    पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम र दिक्तेल–निर्मलीडाँडा सडक खण्डमा भने नियमित सवारी साधन सञ्चालन भइरहेको छ । कालोपत्रे भइसकेका दिक्तेल–जयराम सडकले नै हालसम्म जिल्लालाई हिउँद वर्षा राष्ट्रिय सडक सञ्जालमा जोडिरहेको छ ।

    साविकको सदरमुकाकै सडकमा हिलो 

    वर्षाका कारण साविकको सदरमुकाम दिक्तेलबजारकै सडक हिलाम्मे बन्ने गरेको छ । दिक्तेलबजारको हाटडाँडादेखि सिँचाईगेटसम्मको सडक खण्ड ढलानमा ढिलाइ हुँदा र वर्षाको पानीले हिलाम्मे हुँदा पैदल यात्रा गर्न समेत असहज भइरहेको छ । वर्षामा दिक्तेलबजारका कतिपय ठाउँमा आहालजस्तै धमिलो पानी जम्ने गरेको छ । हिलो जमेको सडकको किनाराबाट हिँडडुल गर्दा समेत यात्रुको जुत्ता चप्पल हिलोमा भासिने गरेको छ । सडकमा जमेको हिलो सवारी साधनले उछिट्याउँदा पैदल यात्रीलाई भिजाउने गरेको गुनासो छ । 

    हालसम्म दिक्तेलबजारको रत्नपार्कदेखि पुरानो बेस क्याम्पसम्म, त्रिबेणीचोकदेखि मालपोत कार्यालय र भवनगैरादेखि कृषि ज्ञानकेन्द्रसम्म ढलान भइसकेको छ । हाटडाँडादेखि त्रिबेणीचोक हुँदै पुरानो बेस क्याम्पसम्मको खण्ड ढलान गर्न बाँकी छ । त्यसमध्ये टेलिकमको कार्यालयदेखि हाटडाँडा क्षेत्रमा दिक्तेल–खानीडाँडा आहाले सडक कालोपत्रे गर्ने क्रममा स्वःत ढलान हुने छन् । टेलीकमदेखि सिँचाईगेटसम्मको खण्डको ढलानका लागि ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी सुर्य विकास जेभी लाहानको ढिलासुस्ती देखिएको छ । भएका काममा पनि गुणस्तर कायम नभएको नेपाल तरुण दल खोटाङका उपाध्यक्ष सञ्जयकुमार राईले बताए । 

    सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाखमा आगामी २० मंसिर सम्ममा सम्पन्न गर्नेगरी सूर्य विकास जेभीले गत १० असारमा ठेक्का सम्झौता गरेको हो ।

  • सम्बन्धित विषय:

  • # खोटाङ
  • # कच्ची सडक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology