Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पाँच बर्षीया बालिकामाथि यौन शोषण, उपप्रध्यापक पक्राउ 

पाँच बर्षीया बालिकामाथि यौन शोषण, उपप्रध्यापक पक्राउ 

  • कार्तिक ६, २०७८ शनिवार १०:१० बजे
  • 359
    SHARES
  • पाँच बर्षीया बालिकामाथि यौन शोषण, उपप्रध्यापक पक्राउ 

    जनकपुरधाम । पाँच वर्षिया बालिकालाई यौन शोषण गरेको आरोपमा एक जना ५१ वर्षिय उपप्रध्यापक पक्राउ परेका छन् । जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    जनकपुरधाम–८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेको आरोप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुवाको दाबी छ । बालिकाको यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएको हो । 

    जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।  प्रहरीले पीडित बालिकाको शुक्रबार नै मेडिकल जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # यौन शोषण

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology