Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

६४ वडामा एमालेकाे नेतृत्व चयन

६४ वडामा एमालेकाे नेतृत्व चयन

  • 687
    SHARES
  • ६४ वडामा एमालेकाे नेतृत्व चयन

    ओखलढुंगा । नेकपा एमालेको वडा अधिवेशनको पहिलो दिन ६४ वडामा नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार ओखलढुंगाका ६६ वडामा अधिवेशन शुरु भएको थियो । दुई वडामा बन्द शत्र शुरु भएकाले रातिसम्म नेतृत्व चयन भइसक्ने एमाले जिल्ला सचिव शंकर कटवालले बताए ।

    images

    जिल्लाका कुल ८ स्थानीय तहका ७५ मध्ये ९ वडामा भने स्थगित भएको छ । तयारी नपुगेर स्थगन गरिएको सचिव कटवालको भनाइ छ । कतिपय वडामा कमिटी घोषणा गर्न विधानमा तोकिए बमोजिमका पार्टी सदस्य अधिवेशन स्थलमा उपस्थित नभएकाले स्थगित गरिएको हो । वडामा ३१ सदस्यीय कमिटी रहने एमाले विधानमा उल्लेख छ ।

    चिशंखुगढीका ८ मध्ये ३ वडामा अधिवेशन स्थगित गरिएको छ । यीमध्ये २ वडाकाे पहिले नै र एक वडामा कोरम नपुगेर आज स्थगित भएको हो । त्यस्तै मानेभञ्ज्यांगका ४ वटा वडा, सुनकोसीका २ वडामा ८ कात्तिकमा अधिवेशन हुने बताइएको छ । स्थानीय तहको अधिवेशन देशभर ९ गते तोकिएको छ । त्यसअघि वडा अधिवेशन सक्नुपर्ने समयसीमा छ ।

    कतिपय वडामा कमिटीमा राख्ने पदाधिकारी संख्या जति पनि पार्टी सदस्य नहुँदा एमालेलाई समस्या भएर स्थगित गरिएको एमालेकै नेताले बताएका छन् । पार्टी विभाजनले कतिपय वडामा कमिटीका पदाधिकारी चयनमा एमालेलाई सकस छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology