Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

कति हो इसीडी शिक्षक र विद्यालय कर्मचारीको शैक्षिक योग्यता ? 

कति हो इसीडी शिक्षक र विद्यालय कर्मचारीको शैक्षिक योग्यता ? 

  • 10.8K
    SHARES
  • कति हो इसीडी शिक्षक र विद्यालय कर्मचारीको शैक्षिक योग्यता ? 

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी मासिक तलबकै विषय निरन्तर आन्दोलनमा छन् ।

    संघीय सरकारले निर्धारण गरे वमोजिमको न्युनतम पारिश्रमिक १५ हजार रूपैयाँ हो । तर देशैभरका शिक्षक र विद्यालय कर्मचारीले सो तलब पाएका छैनन् । कतिपय स्थानीय तहले तलब दिन आनाकानी गरिरहेका छन् । सोही कारण शिक्षक र विद्यालय कर्मचारीले पनि आन्दोलन गरिहरेका छन् ।

    तलबका लागि आन्दोलन गरिरहँदा इसीडी शिक्षक र विद्यालय कर्मचारी बाहेकका शिक्षकले नै उनीहरूको शैक्षिक योग्यतामाथि प्रश्न उठाउने गरेका छन् ।

    पढाउने विद्यालय एउटै भए पनि इसीडी शिक्षकलाई कमजोर तुलना गर्ने र शैक्षिक योग्यतामाथि प्रश्न उठाउने गरेपछि इसीडी शिक्षक खिन्न छन् । ‘माथिल्ला कक्षामा पढाउनभन्दा गाह्रो बालबच्चलाई हुन्छ । फकाउनुपर्छ । भुलाउनुपर्छ । उनीहरूलाई पढाइमा ध्यानआकर्षित गराउन हामीले विभिन्न उपाय निकाल्नुपर्छ,’ एक इसीडी शिक्षकले बेवटिभी खबरसँग भनिन् ।

    इसीडी शिक्षकको शैक्षिक योग्यता विद्यालयअनुसार फरक-फरक छ । प्राथामिक तहदेखि स्नातकोत्तर उत्तीर्णसम्म शैक्षिक योग्यता छ । कुनै विद्यालयमा ५ कक्षा उत्तीर्ण गरेकाले पढाइरहेका छन् भने कुनैमा स्नातकोत्तर उत्तीर्ण गरेकाले पनि पढाइरहेका छन् ।

    शिक्षा मन्त्रालयले इसीडी शिक्षकलाई पनि स्थायी शिक्षक सरह तलब र सेवासुविधा उपलब्ध गराउन १२ कक्षा उत्तीर्ण अर्थात् माध्यामिक तहको शैक्षिक योग्यता अनिवार्य तोक्ने योजना अगाडि बढाएको छ । 

    विद्यालय कर्मचारीको हकमा भने परिचरको न्युनतम शैक्षिक योग्यता प्राथामिक र लेखापालको माध्यामिक तह उत्तीर्ण रहेको छ ।

    इसीडी शिक्षकले पढाउने समय १० देखि दिनको १ बजेसम्म तोकिए पनि उनीहरूले ४ बजेसम्म पढाइरहेका छन् । फाइल तस्बिर । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology