Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

मराठी सिरिज ‘समान्तर’ : भोलि हुने घटना थाहा पाउने

मराठी सिरिज ‘समान्तर’ : भोलि हुने घटना थाहा पाउने

  • 504
    SHARES
  • मराठी सिरिज ‘समान्तर’ : भोलि हुने घटना थाहा पाउने

    काठमाडाै‌ं । कोरोना भाइरसको कारण विश्वमा अधिकांश देशमा लकडाउन भए । सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पनि विश्वका अधिकांश देश लकडाउन गर्न बाध्य भए ।लकडाउनका कारण घरमै बसिरहेकाले मनोरञ्जनको रूपमा ओटीटीलाई अंगाले । विश्वभरका कन्टेन्टलाई हेर्ने मौका मिल्यो । त्यसले दर्शकको टेस्ट मात्र परिवर्तन गरेन, नयाँ कथालाई हेर्ने मौका पनि दियो । फिल्मको कल्पनामा रमाइरहेका दर्शकले यथार्थतामा रमाउन थाले ।

    images

    यही बेला मराठी सिरिज ‘समान्तर’ ले राम्रो चर्चा पायो । एमएक्स प्लेयरमा नि:शुल्क रूपमा आएको यो सिरिजलाई दर्शकले हेरेर तारिफ गरे । उक्त प्लेटफर्ममा आएको समान्तर र आश्रमले मात्र चर्चा पाएको छ । सानो बजेटमा निर्माण गरिएको सिरिजले समान्तर रूपमा जीवन चल्ने दुई व्यक्तिको कथालाई देखाएको थियो ।

    यस कन्सेप्टलाई दर्शकले रुचाए । एउटा व्यक्ति जो जीवनबाट निराश छ, उसले आफ्नो भविष्यलाई अरुले भूतकालमा बिताइसकेको थाहा पाएपछि आउने रोचक कथालाई यसको पहिलो सिजनमा देखाइएको छ । आफ्नो भविष्यलाई एक दिनअगावै देख्ने अवसर पाएको कुमार महाजनको जीवनमा सिरिज घुमेको छ ।

    उनको जीवनलाई सुदर्शन चक्रपाणि चालिसे भन्ने क्यारेक्टरले बिताइसकेका हुन्छन् । चक्रपाणिसँग उनको भोगाइको डायरी लिएर जीवनलाई सुन्दर बनाउने तयारी गरिरहेका कुमारले भविष्य देख्दादेख्दै भोग्ने पीडालाई दोस्रो भागमा देखाइएको छ । उनलाई भोलि हुने घटना थाहा छ । अब उनले भविष्यलाई चक्रपाणिको भन्दा फरक बनाउन सक्छन् त ? भन्ने नै सिरिजको आकर्षण हो । यसलाई आइएम डीबीमा ८.५ रेटिङ मिलेको छ ।

    अम्बर हडापको लेखन तथा स्क्रीनप्ले रहेको सिरिजलाई समीर विडवाले निर्देशन गरेका छन् । यसमा कुमार महाजनको भूमिकामा स्वप्निल जोशी छन् भने चक्रपाणिको भूमिका नितिश भारद्वाजले गरेका छन् । यसमा स्वप्निल र नितिशसंगै तेजस्विनी पण्डित, साइ तम्हानकरको मुख्य भूमिका छ । दोस्रो सिरिजले पहिलेको तुलनामा चर्चा नपाए पनि यसलाई हेर्नेले 'राम्रो' भनिरहेका छन् ।

    पछिल्लो समय यसले पाइरहेको रिभ्युले यसलाई हेर्ने दर्शकको संख्या बढ्दो छ । विशेषत: यसको क्लाइमेक्सलाई दर्शकले रुचाएका छन् । सिरिजको एपिसोड बढ्दै गर्दा कसरी अन्त्य होला ? भन्ने जिज्ञासा दर्शकमा स्वाभाविक रूपमा बढिरहेको हुन्छ । निर्देशकले 'ओपेन इन्डिङ' राखेर सिरिजको आउँदो भागका लागि दर्शकलाई तयार रहन संकेत गरेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology