Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

रसुवामा सार्वजनिक सवारी साधनको भाडा घट्यो

रसुवामा सार्वजनिक सवारी साधनको भाडा घट्यो

  • 429
    SHARES
  • रसुवामा सार्वजनिक सवारी साधनको भाडा घट्यो

    रसुवा । रसुवामा सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ । सरकारले वृद्धि गरेको २३ प्रतिशतमा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर सात प्रतिशतले घटाइएको हो । जिल्ला प्रशासन कार्यालय रसुवा र यातायात व्यवसायीबीचको छलफलपछि सात प्रतिशत भाडा दर घटेको हो ।  

    सरकारले २३ प्रतिशत भाडा बढाएपछि यहाँका यातायात व्यवसायीले पनि १ कात्तिकदेखि रसुवाबाट काठमाडौँसम्मको भाडा ८१७ रुपैयाँ लिँदै आएका थिए । यसअघि यातायात व्यवसायीले लिइरहेको भाडामा ८७ रुपैयाँ घटाइएको छ । प्रशासनको आग्रहमा भाडा दर घटेपछि अहिले रसुवाबाट काठमाडाैँको भाडा ७३० रुपैयाँ कायम भएको छ । नयाँ भाडा दर बुधबारबाटै कायम गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij