Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

रियल बराबरीमा रोकियो, बार्सिलोना पराजित 

रियल बराबरीमा रोकियो, बार्सिलोना पराजित 

  • कार्तिक ११, २०७८ बिहिवार ०८:३८ बजे
  • 546
    SHARES
  • रियल बराबरीमा रोकियो, बार्सिलोना पराजित 

    काठमाडौं ।  स्पेनिस क्लब रियल मड्रिड ओसासुनासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा रियल ओसाुसनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

    घरेलु मैदान सान्टियागोमा भएको खेलमा करिम बेन्जेमा, मार्को एसेन्सियो, भिनिसिअस जुनियर जस्ता खेलाडी अग्रपंक्तिमा चुकेपछि रियलले सिजनमा तेस्रो बराबरी खेलेको हो । 

    बराबरीसँग रियल १० खेलबाट २१ अंक सहित शीर्ष स्थानमा छ । यस्तै ओसासुना भने १९ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।  रातिकै खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० गोल अन्तरले पराजित भएको थियो  ।

    रायोको जितमा राडामेल फाल्काओले खेलको ३० मिनेटमा निर्णायक गोल गरे । खेलको ७२ मिनेटमा बार्सिलोनाका मेम्फिस डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् ।  अन्य खेलमा १० खेलाडीमा सिमित मालोर्का र सेभियाले १–१को बराबरी तथा रियल बेटिसले भ्यालेन्सियालाई ४–१ गोल अन्तरले पराजित गर्‍यो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij