Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

इसीडी शिक्षकको तलब : भ्रम र यथार्थ

इसीडी शिक्षकको तलब : भ्रम र यथार्थ

  • 4.2K
    SHARES
  • इसीडी शिक्षकको तलब : भ्रम र यथार्थ

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) न्युनतम रूपमा पाउनुपर्ने १५ हजार तलबबारे अन्योलमा छन् । संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् इसीडी शिक्षकलाई न्युनतम १५ हजार तलब दिने नियम बसाले पनि सो नियम कार्यान्वय तीव्र रूपमा हुन सकेको छैन ।

    images

    वेबटिभी खबरको तथ्याङ्कन अनुसार ७५३ स्थानीय तहमध्ये जम्मा एक सय स्थानीय तहले मात्रै तलब उपलब्ध गराएका छन् । त्यसमा पनि १५ हजार रूपैयाँ दिने स्थानीय तह कमै छन्  । कतिपयले १२, १०, १४ हजार दरले तलब दिएको बेवटिभी खबरसँग रेकर्ड छ । उनीहरूले संघीय सरकारले उपलब्ध गराएको ८ हजार रूपैयाँमा बाँकी रकम थप गरी सो दरले तलब दिएका हुन् ।

    केन्द्र सरकारको निर्देशन मानेर स्थानीय सरकारले १५ हजार सहजै तलब दिएको भए इसीडी शिक्षकहरू अन्योलन पर्थेनन् । स्थानीय तहले निर्देशन नमान्ने र तलब पनि नदिदा शिक्षकहरू थप अन्योलनमा परेका हुन् ।

    स्थानीय तह अनुसार इसीडी शिक्षकले पाउने तलब समान नहुँदा पनि समस्या भएको छ । सिमाना जोडिएकै स्थानीय तहमा तलबको अवस्था फरक छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रालयको कार्यभार सम्हालिसकेपछि इसीडी शिक्षक र विद्यालय कर्मचारीले केही अपेक्षा गरेका थिए । तर त्यो अपेक्षा निराशामा बदलिएको छ ।

    ‘जुन जोगी आए पनि कानै चिरेका’ भने झै भएको छ । शिक्षामन्त्री पौडेलले तलबबारे चासो नदेखाएका पनि होइनन् । देखाए । तर उनले निरन्तरता र अनुगमनको अवस्थालाई नियाल्न सकेनन् । यतातिरभन्दा उनी उद्घाटन र आन्तरिक भ्रमणमा व्यस्त छन् ।

    तलबको समस्याबारे मन्त्रालय जानकार छ तर स्थानीय तहलाई मन्त्रालयले केही भन्न सकिरहेको छैन । संघीय सरकारले नै उपलब्ध गराएको तलब दिएर स्थानीय तहले तलब दिएका छौंं पनि भनिरहेका छन् । स्थानीय तहको भ्रमको खेति मन्त्रालयको कानसम्म पुग्न सकेको छैन । स्थानीय तह जिम्मेवारीबाट भागेको छ । केन्द्र र स्थानीय तह शिक्षकका न्युनतम समस्याबाट भाग्ने हो भने शिक्षाको विकासबारे के अपेक्षा गर्न सकिएला ?

    अर्कोतर्फ इसीडी शिक्षकको तलबबारे सामाजिक सञ्जाल र अनलाइन मिडियामा पनि भ्रम फिजाइएको छ । अनलाइन पत्रिकाले ‘इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब ह्वास्तै बढ्यो,’ ‘इसीडी शिक्षकले तलब पाए’ आदि शीर्षक राखेर समाचार बनाइरहेका छन् ।

    अनलाइनमा भिजिटर आओस् भनेर उनीहरूले त्यस्ता समाचार शीर्षक राखेका हुन् । यस्ता कुरा शिक्षकलाई थाहा छैन । सामाजिक सञ्जालमा तलब बढेको सुन्ने तर व्यवहारमा बढेको तलब नपाउने अवस्था विद्यमान छ । कुन सहि या कुन गलत हो भन्नेमा इसीडी शिक्षकले छुट्याउन सकिरहेका छैनन् भने पत्रकारले पनि हचुवाका भरमा समाचार लेख्ने गरेको पाइन्छ ।

    वेबटिभी खबरमात्रै एउटा यस्तो अनलाइन पत्रिका हो, जसले बुझेर मात्रै समाचार लेखिरहेको छ । तलब दिएका स्थानीय तह प्रमुखहरूसँग अन्तर्वार्ता लिएको छ । तलब दिने स्थानीय तह प्रमुखसँग अन्तर्वार्ता गर्दा तलब नदिने स्थानीय प्रमुखलाई नैतिक दबाब परोस् भन्ने हो ।

    स्थानीय तहसमक्ष निरन्तर आन्दोलन गरिरहेका इसीडी शिक्षकले आन्दोलन स्थगित गर्नुहुन्न । कानुनी बाटोलाई समेत आत्मसाथ गरी तलब लिएर छाड्नुपर्छ । स्थानीय तहले दिन नसके केन्द्र सरकारलाई दबाब दिनुपर्छ । त्यसका लागि काठमाडौं नै आएर सिंहदरबार घेर्न किन नपरोस् ।

    आज अधिकार स्थापित गरियो भने भोलिका पुस्तालाई उदाहरण र टेवा अवश्य पुग्छ । विद्यालय कर्मचारीले पनि तोकिएको तलब पाएका छैनन् । इसीडी शिक्षक र विद्यालय कर्मचारी एकढिक्का भइ तलबका लागि आवाज उठाउनु आजको आवश्यकता हो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology