Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कृष्ण विहलको उपन्यास 'तृषाफल' बजारमा

कृष्ण विहलको उपन्यास 'तृषाफल' बजारमा

  • 936
    SHARES
  • कृष्ण विहलको उपन्यास 'तृषाफल' बजारमा

    काठमाडौं । साहित्यकार कृष्ण विहलको उपन्यास 'तृषाफल' को विमोचन गरिएको छ । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा.सत्यमोहन जोशीले आफ्नै निवास वकुंवहालमा उपन्यास विमोचन गरेका हुन् ।

    images

    विमोचनपश्चात् छोटो सम्बोधन गर्दै संस्कृतिविद् जोशीले आफू बस्ने स्थलसँगै संग्रहालयको रूपमा निर्माण गरिएको भवनको प्रयोग गर्न र अध्ययन भएका विषयलाई नजिकबाट हेर्न अपिल गरे । उनले नयाँ कला संस्कृतिको विकास भइरहेको विषयसँगै परम्परागत र पुराना इतिहासलाई नजिकबाट अध्ययन गर्न कलाप्रेमी तथा साहित्यकारलाई आग्रह गरे ।

    त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक शान्त धाख्वाले तृषाफलको समीक्षा गर्दै उपन्यासले आधुनिक समाजका नवयुवाको जीवनपद्धति, सम्बन्ध निर्माणको समस्या तथा सांस्कृतिक द्वन्द्वको सामाजिक विश्लेषण गर्न उपन्यास सफल रहेको भाव व्यक्त गरे ।

    वर्तमान युवाको मनोवैज्ञानिक दृष्टिकोणलाई केन्द्रित गर्ने र युवालाई मनपर्ने किसिमको आख्यानको प्रयोग र उपन्यासको दुखान्तले युवालाई पश्चिमा शैलीको जीवन मात्र जीवनपद्धति हुन नसक्ने विषयको ज्ञान दिन उपन्यास सफल रहेको धाख्वाको भनाई थियो । 

    साहित्यकार तथा लेखक कृष्ण विहलले यो भन्दा अघिको पुस्तक संस्कृतिविद् जोशीको हातबाट पुस्तक विमोचन गर्न नपाएकोमा ढिलै भए पनि आफ्नो इच्छा पुरा भएको बताए ।

    उपन्यासका विषयमा भनाइ राख्दै लेखक विहलले भने, 'उपन्यासका कुनै पनि पात्र खुसी छैनन्, सबैको मन अशान्त छ र द्वेषमा छ । किनकि उनीहरूले चाहेको जीवन र कुनै पनि काम सोचेजस्तो अगाडि बढेको छैन । उपन्यासमा नदेखिने गरी नारीवादलाई बढावा दिइएको छ ।'

    १२ परिच्छेद र २ सय १२ पेजमा संग्रह गरिएको उपन्यासका केही विषयवस्तु सत्यघटनामा आधारित रहेको र  केही विषयवस्तु परिकल्पनामा आधारित रहेको विहलको जानकारी दिए । विहलको यसअघि ‘मेरो मनमा’ र ‘रूप’ नामक दुई वटा उपन्यासहरू प्रकाशित भइसकेका छन् ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology