वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ७२९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १२ हजार १६५ जना संक्रमित निको भएका छन् । त्यसैगरी २२१ जनाको संक्रमणका कारण निधन भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
केही दिनयता भारतमा कोराना संक्रमण दर घट्दै गएको छ । हाल भारतमा एक लाख ४८ हजार ८२२ जना कोरोनाका सक्रिय संक्रमित छन् । भारतमा अहिले संक्रमण निको हुने दर ९८.२३ प्रतिशत पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij