Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भारतमा दैनिक संक्रमितको संख्या लगातार कम हुँदै

भारतमा दैनिक संक्रमितको संख्या लगातार कम हुँदै

  • 426
    SHARES
  • भारतमा दैनिक संक्रमितको संख्या लगातार कम हुँदै

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ४५१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १३ हजार २०४ जना संक्रमणमुक्त भएका छन भने २६६ जनाको संक्रमणका कारण निधन भएको छ । केही दिनयता भारतमा कोरोना संक्रमण घटेको तथ्यांकबाट देखिन्छ । तर, संक्रमण घटेको तथ्यांक आउनुमा कम परीक्षण मुख्य कारण रहेको त्यहाँका चिकित्सकहरुले बताउँदै आएका छन् । स्वास्थ्यकर्मीले संक्रमितको संख्या घट्यो भनेर लापरबाही नगर्न पनि आग्रह गर्दै आएका छन् । 

    त्यसैगरी सक्रिय संक्रमितको संख्या निरन्तर घट्दो छ । हाल भारतमा एक लाख ४२ हजार ८२६ जना मात्र सक्रिय संक्रमित छन् । भारतमा पछिल्लो समय संक्रमण दर घट्ने र निको हुने दर बढी भएकाले सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लागेको हो । दिपावलीजस्तो भिडभाड हुने चाड सकिएकाले भारतमा अब संक्रमण फैलिने जोखिम कम भएको चिकित्सकहरुले बताएका छन् । चाडवाडका बेला भने भारतको बजारमा जनस्वास्थ्यका मापदण्ड उलंघन गरेर भिड हुने गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij