Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

४१ हजार क्षयरोगका बिरामीले उपचार पाएनन् 

४१ हजार क्षयरोगका बिरामीले उपचार पाएनन् 

  • चैत्र १०, २०७७ मंगलवार १९:२२ बजे
  • 890
    SHARES
  • ४१ हजार क्षयरोगका बिरामीले उपचार पाएनन् 

     
    काठमाडौं । नेपालमा अझै ४१ हजार क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेका छन् ।

     विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक अनुज भट्टचनले ४१ हजार क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेको र उनीहरूलाई उपचारको दायराभित्र ल्याउन राष्ट्रिय क्षयरोग कार्यक्रमलाई ठूलो चुनौती रहेको बताए ।

    निर्देशक भट्टचले नेपालमा प्रत्येक वर्ष ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको बताउँदै नयाँ र पुराना क्षरोगका बिरामीको संख्या करिब एक लाख १७ हजार आंकलन गरिएको जानकारी दिए । 

    गत आर्थिक वर्षमा एक लाख ५५ हजार ३ सय ७१ जनालाई विभिन्न माध्यमबाट परीक्षण गरि जम्मा २७ हजार ७ सय ४५ जनालाई उपचार गरिएको डा.भट्टचनको भनाइ छ । 
     
    क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणअनुसार हाल निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान ९ प्रतिशत तथा उपचार गराउनेको संख्या करिब १५ प्रतिशत रहेकोे छ ।

    निजी स्वास्थ्य संस्थाबाट उपचार गराइरहेका बिरामीलाई स्वास्थ्य व्यवस्थापन सुचना प्रणलीभित्र ल्याउन प्रयास भइरहेकोे छ । 

    क्षयरोग केन्द्रका योजना, मूल्यांकन, अनुगमन तथा अनुसन्धान प्रमुख मुक्ति खनालले कोरोनाबाट ७ जना क्षयरोगका बिरामीले ज्यान गुमाएको बताउँदै नेपालमा २५ प्रतिशत क्षयरोग बिरामीको मृत्यु हुने गरेको जानकारी गराए । 

    उपचारमा सहजता ल्याउनका लागि सरकारले बिरामीलाई उपचार अवधिका लागि यातायात तथा पोषण सहयोगको रूपमा मासिक ३ हजार प्रदान गर्दै आएको छ ।

    यसैगरि क्षयरोग कार्यक्रमले विभिन्न प्रकारका सिप मूलक  तालिम पनि प्रदान गर्दैै आएको डा.भट्टचनले बताए ।
     
    क्षयरोग नियन्त्रण कार्यक्रमको लागि सरकारले करिब ८० करोड छुट्याइएको भट्टचनले जानकारी दिए । उक्र रकम औषधी खरिद, ढुवानी तथा व्यवस्थापनमा खर्च हुने गरेको उनले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij