Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

सुनचाँदी व्यवसायलाई विलासिताको वस्तुसँग तुलना गर्नु गलत हो : गणेशप्रसाद लकान्द्री [भिडियो अन्तर्वार्ता]

सुनचाँदी व्यवसायलाई विलासिताको वस्तुसँग तुलना गर्नु गलत हो : गणेशप्रसाद लकान्द्री [भिडियो अन्तर्वार्ता]

  • 277
    SHARES
  • सुनचाँदी व्यवसायलाई विलासिताको वस्तुसँग तुलना गर्नु गलत हो : गणेशप्रसाद लकान्द्री [भिडियो अन्तर्वार्ता]

    गणेशप्रसाद लकान्द्री नेपाली सुनचाँदी क्षेत्रमा परिचित नाम हो । उनी तीन दशक बढी समयदेखि सुनचाँदी क्षेत्रमा क्रियाशील छन् । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको केन्द्रीय अध्यक्ष र नेपाल सुनचाँदी रत्नआभूषण महासंघको केन्द्रीय सह-कोषाध्यक्षको भूमिकामा रहेर जिम्मेवारी निर्वाह गर्दै आइरहेका छन् । उनै लकान्द्रीसँग सुनचाँदी क्षेत्रको समसामयिक अवस्था, सुनचाँदीको दरभाउ, मौलिक गरगहनालगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

    सुन किन मान्छेले किन्छन् ? सुन किन्नुको फाइदा के हो ?

    सुनको छुट्टै पहिचान छ । सुनलाई पूँजीको रूपमा लिइन्छ । लगानी सुनिश्चित गर्नसुन सरल देखिएको छ । हाम्रो धर्म संस्कृतिसँग पनि सुन जोडिएको छ । विवाहलगायत शुभकार्यका लागि सुन आवश्य पर्छ । सुन आवश्यकताभित्र नै पर्छ ।

    सुनको तयारी गहना १० चोटी किनबेच हुँदा त्यसको मूल्य शून्यमा झर्छ भन्छन् । जर्ती र ज्याला भनेर प्रत्येक पटक १० प्रतिशत घटाएर मात्र सुनका गहना व्यापारीले किन्छन । किन यस्तो गरिन्छ ?

    सबैभन्दा पहिला उपभोक्ता चनाखो हुन जरुरी छ । सुन विश्वबजारबाट नेपालमा आउने कच्चापदार्थ हो । सुन व्यापारीलाई त्यो कच्चा पदार्थ उपलब्ध गराइन्छ । त्यसबाट हामी विभिन्न गरगहनाहरू बनाउँछौं । गरगहना बनाउँदा हुने खर्चलाई सरल भाषा जर्ती भनिन्छ । जर्ती (खर्च) लाई मिलाएर ग्राहकलाई ज्यालाको रूपमा लिने भन्ने आमव्यवसायीको धारणा बनेको छ । जर्तीको ठाउँमा ज्याला लिन सकिन्छ । आफ्ना सामानलाई पटक पटक बिगार्ने, डिस्पोज गर्ने गरियो भने उपभोक्तालाई नै घाटा हुन्छ । त्यस्ता कुरा उपभोक्ताले ध्यान दिन जरुरी छ ।

    दसैँ, तिहार, छठजस्ता चाडमा सुन बढी खपत हुने भए पनि चाडवाड सकिएपछि सुनको मूल्य बढ्यो । यस्तो किन हुन्छ ?

    सुनको भाउ घटबढ हुने नेपाली बजारमा मात्रै होइन । अन्तर्राष्टिय बजारबाटै भाउ निर्धारण भएर आउँछ । सुनको भाउ सबैभन्दा पहिला जापानमा निर्धारण हुन्छ । जापानबाट विश्वबजारमा पुग्छ । सिजनमा भाउ बढ्ने र बेसिजनमा भाउ घट्ने भन्ने हुँदैन । कोरोनाले असर पारेर विश्वका कतिपय सहरमा लकडाउन जारी छ । कोरोनाको प्रभाव र सुनिश्चित लगानी नदेखिएका कारणले मानिसहरू सुनमा आकर्षित भइरहेका छन् । सोही कारण सुनको भाउ बढेको छ ।

    नेपाली मौलिक गरगहनाहरू के-के हुन् ? तिनीहरूको व्यापार नेपालमा मात्रै सीमित छ कि अन्तर्राष्ट्रिय बजारमा पनि छ ?

    यो पनि महत्त्वपूर्ण प्रश्न छ । नेपाली मौलिक गहनाहरू तिलहरी, नैगेडी, मारवाडी, ढुङ्ग्री, बुलाँकी, कण्ठ, चेप्टेसुन, काँडेचुरा, मंगलसूत्र आदि हुन् । मौलिक गहना नेपालमा मात्रै सीमित छैन । यसका उपभोक्ताहरू विश्वबजारमा हुनुहुन्छ । ती गहनाहरू पनि विश्वबजारमा नै पुगेका छन् । नेपाल बाहिर अझ बढी यस्ता गरगहनाको माग छ । परम्परालाई जोगाएर राख्नुपर्छ । मेरो हजुरआमाले चेप्टेसुन लगाउनुहुन्थ्यो । आज चेप्टेसुन हामीले जोगाउने हो । त्यसमा लागिरहनुपर्छ । 

    kartik-nach.jpg

    आधुनिक गरगहनाले मौलिक गरगहनालाई कत्तिको प्रभाव पारेको छ ? मौलिक गरगहनालाई प्रवद्र्धन गर्न के गर्नुपर्ला ?

    आधुनिक गरगहनाले गर्दा विदेशी कालीगढहरू नेपालमा छ्यापछ्याप्ती भइसकेका छन् । विदेशी कालीगढलाई विस्थापित गर्नुपर्छ भन्नेमा हाम्रो नीति नै छ । मौलिक गहनालाई प्रोत्साहन गर्ने र विदेशी गहनालाई निरुत्साहित गर्ने । किनभने मौलिक गहनालाई आधुनिक गहनाले छेक्यो । हिजोको मङ्गलसूत्र छोडेर अहिलेको रानीहार हो त ? मङ्गलसूत्र नेपाली दाजुभाइहरूले बनाउने गहना हो । तर रानीहार बङ्गाली कालीगढले बनाउँछन् । रानीहार नलगाऔं । मङ्गलसूत्रलाई नै नयाँ डिजाइनको बनाऔं । रानीहार नै लगउनुपर्छ भन्ने छैन । विदेशी कालीगढहरूलाई विस्थापित गर्ने स्वादेशी कालीगढहरूलाई प्रोत्साहन गर्नुपर्छ । सरकारले सिटीइभिटीअन्तर्गत प्रत्येक वर्ष बजेट छुट्याएको हुन्छ । त्यो बजेट सुनचाँदी व्यासायी संस्थालाई देओस् । त्यो बजेटबाट गरगहना बनाउने तालिमको व्यवस्था होस्  । नेपालमा पर्याप्त मात्रमा रोजगारी प्रदान गर्न सकिन्छ । विदेश जानुपर्दैन । तर सरकारले त्यो पाटो देखेको छैन ।

    राष्ट्रबैंकले सुन व्यावसायीलाई दैनिक २० किलो सुन दिने गरेको छ । २० किलो सुन दिँदा पनि पुगेन भन्ने सुनिन्छ । व्यवसायीलाई दैनिक चाहिने सुन कति किलो हो ?

    सुनचाँदी व्यवसाय राज्यको महत्त्वपूर्ण अंग हो । यसलाई राज्यले बुझ्नुपर्छ । सुनचाँदी क्षेत्रले राज्यको आन्तरिक कर प्रणालीलाई सहयोग पुर्‍याएको छ । सुनचाँदीलाई विलासिताको वस्तु भनेर राज्यले हेरिरहेको छ । यो गलत हो । यस्तो सोच हटाउन जरुरी छ । 

    मौलिक गहनालाई आधुनिक गहनाले छेक्यो । हिजोको मङ्गलसूत्र छोडेर अहिलेको रानीहार हो त ? मङ्गलसूत्र नेपाली दाजुभाइहरूले बनाउने गहना हो । तर, रानीहार बङ्गाली कालीगढले बनाउँछन् । रानीहार नलगाऔं । मङ्गलसूत्रलाई नै नयाँ डिजाइनको बनाऔं । रानीहार नै लगउनुपर्छ भन्ने छैन ।

    नेपाली बजारमा जति पनि सुनको माग छ, पर्याप्त मात्रामा आम व्यवसायीलाई सरकारले पुर्‍याइदिने  हो भने कर पनि बढ्छ । किनभने मौलिक गरगहना अन्तर्राष्टिय बजार अत्यधिक गइरहेको छ । त्यहाँबाट डलर आइरहेको छ । सरकारले निर्धारण गरेको २० किलोको कोटा छ । यो कोटाले पुगेको छैन । कालोबजारी हुन थालेको छ । विकृति आइरहेका छन् । आवश्यकताभन्दा कम कच्चापदार्थ सरकारले उपलब्ध गराएका कारण पनि विकृति आइरहेको छ । सरकारले २० किलोको ठाउँमा दैनिक ४० किलो कच्चापदार्थ दिनुपर्छ । ४० किलो कच्चापदार्थ उपलब्ध गराउँदा आमव्यवसायीलाई सरकारको नीति नियम र निर्देशिकामा बसेर काम गर्न पाउथें ।

    अहिलेसम्म सुनचाँदी व्यावसायीका लागि निर्देशिका नै बनेको छैन । निर्देशिका नहुँदा कस्तो समस्या उत्पन्न भएको छ ?

    व्यवसायलाई स्वच्छ र सम्मानित बनाउने नै निर्देशिकाले हो । नियम र ऐन भएन भने देश चल्दैन । कानुनभन्दा ठूलो कोही छैन । त्यसले पहिला नियम बनाउनुपर्छ । देशभरका सुनचाँदी व्यवसायिक संस्थासँग सरकारले छलफल गर्नुपर्छ । यसका समस्या समाधान गर्नुपर्छ । सरकार भनेको अभिभावक हो । सरकारले नै निर्देशिका दिन मानेको छैन । व्यवसायीले निर्देशिका मागेको वर्षौ भइसक्यो । स्वच्छ एवम् सम्मानित व्यवसायका निम्ति निर्देशिकाको जरुरी छ । 

    निर्देशिकाको लागि व्यवसायीहरूबाट के कस्तो पहल भइरहेका छन् ?

    केही हप्ताअघि मात्रै स्वर्गीय हुनुभएका नेपाल सुनचाँदी रत्नआभूषण महासंघका आदणीय अध्यक्ष रमेश महर्जनज्यूमार्फत सरकारलाई निर्देशिकाको लागि धेरै पटक ध्यानाकर्षण गरायौं । सुझावहरू दियौं । बिडम्बना, अहिलेसम्म पनि निर्देशिका बनेको छैन । हामीले दिएका सल्लाह सुझाव कार्यान्वयन पनि भएको छैन ।

    kartik-nach.jpg

    तपाईं यस संस्थाको अध्यक्षको जिम्मेवारीमा रहेर दुई कार्यकाल पुरा गरी तेस्रो कार्यकालमा जिम्मेवारी वहन गर्दै हुनुहुन्छ । यसबीचमा सहकर्मीहरूबाट कत्तिको साथ सहयोग पाउनु भएको छ ?

    दुई कार्यकाल अत्यन्तै सहज वातावरणमा बिताएँ । सबै साथीहरूले सहयोग गर्नुभयो । तेस्रो कार्यकालमा अध्यक्षका लागि आकांक्षी साथीहरू देखिनु भएको छ । त्यसले गर्दा आफ्नै संस्थाभित्र रहेका साथीहरूले अध्यक्षलाई अगाडि बढ्न दिनुहुँदैन, रोक्नुपर्छ भनेर राजनीति गर्न खोजिरहनु भएको छ ।

    यो सेवामुखी संस्था हो । सुनचाँदी व्यवसायी सदस्यहरूको हितमा काम गर्ने कामदार हौं । म अध्यक्ष छु । म कामदार हो । व्यवसायीको हकहित र अधिकारको लागि नै लड्ने नेतृत्व सदस्यबाट छानिएर आएको अध्यक्ष हुँ । म सुनचाँदी व्यवसायी मञ्चको संस्थापक अध्यक्ष पनि हुँ । दुई कार्यकाल अत्यन्तै सहज वातावरणमा बिताएँ । सबै साथीहरूले सहयोग गर्नुभयो । तेस्रो कार्यकालमा अध्यक्षका लागि आकांक्षी साथीहरू देखिनु भएको छ । त्यसले गर्दा आफ्नै संस्थाभित्र रहेका साथीहरूले अध्यक्षलाई अगाडि बढ्न दिनुहुँदैन, रोक्नुपर्छ भनेर राजनीति गर्न खोजिरहनु भएको छ ।

    भनेपछि तेस्रो कार्यकालमा असहयोग हुन थाल्यो ?

    अवरोध र अफठ्यारो चैं भएको छ । मेरो समकक्षी साथीहरूले असहयोग गरेको महसुस गरेको छु । 

    यस्ता असहयोगकाबीच तपाईं कसरी अगाडि बढ्नु हुन्छ त ?

    संस्थाको विधि, विधान र प्रक्रिया छ । विधि र विधानभन्दा बाहिर एकइन्च पनि जान सक्दैनौं र जानै मिल्दैन । विधि विधानले जे भन्छ, सोही अनुसार नै अगाडि बढ्ने हो । साथीहरूले पनि तितामिठा कुराहरू निश्चय पनि गर्न पाइहाल्नु हुन्छ । त्यो उहाँहरूको अधिकार हो ।

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology