Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पत्रकार धर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक

पत्रकार धर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक

  • 484
    SHARES
  • पत्रकार धर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक

    काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच झाद्वारा लिखित मैथिलीको पहिलो तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक भएको हो ।

    images

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकारद्वय तारानाथ दाहाल र बबिता बस्नेत, साहित्यकार विजेता चौधरी, प्रकाशक दामोदर दवाडीले संयुक्त रूपमा झाको तांका संग्रह सार्वजनिक गरेका हुन् ।

    पत्रकार झा मैथिली साहित्यमा धर्मेन्द्र विह्वलका नामले स्थापित छन् ‌। झाले ११२ वटा तांका लेखिएको ‘व्योमक ओहि पार’ को प्रकाशण नेपालवाणी मिडिया गु्रप प्रालिले गरेको छ । यसअघि मैथिली तथा नेपाली भाषामा विभिन्न कृति लेखिसकेका झाले मैथिली भाषामा पहिलोपटक तांका संग्रह प्रकाशण गर्ने जमर्को गरेको बताए ।

    पत्रकारिताका साथै मैथिली र नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आएका झाको यसअघि मैथिलीमा रास्ता तकैत जिनगी (कविता संग्रह), एक सृष्टि एक कविता (दीर्घ कविता), एक समयक बात (हाइकु संग्रह) र धुवाँएल आकृतिसभ (छौक संग्रह) प्रकाशित भइसकेका छन् ।

    यसैगरी गोनुझाका कथाहरू, कौशलका परिहास, भ्रमरका उत्कृष्ट नाटकहरू, नेपाली मिथक कोष, नेपालीय मैथिली छापा पत्रकारिताको इतिहासलगायतका नेपाली कृतिहरू प्रकाशित भएका छन् ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology