Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

[बहस] माधव नेपालको रक्सी-बियर नखाऊ भन्ने अभिव्यक्तिले उब्जाएका प्रश्न

[बहस] माधव नेपालको रक्सी-बियर नखाऊ भन्ने अभिव्यक्तिले उब्जाएका प्रश्न

  • 164
    SHARES
  • [बहस] माधव नेपालको रक्सी-बियर नखाऊ भन्ने अभिव्यक्तिले उब्जाएका प्रश्न

    रक्सी, बियर, वाइनलगायत मदिराजन्य पदार्थ र सुर्ति चुरोटमा सरकारले अन्तशुल्क लगाउने गरेको छ । यसबाट सरकारलाई राजश्व प्राप्त हुँदै आएको छ । कूल सरकारी राजश्वमा अन्तशुल्कको योगदान करिब १५ प्रतिशत छ । उक्त १५ प्रतिशतको ७३ प्रतिशतजति राजश्व रक्सीजन्य उत्पादनबाट आउँछ ।

    साथै, यसले रोजगारी सिर्जना गरेको मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुगेको देखिन्छ । यद्यपि, यी जनस्वास्थ्यमा हानि हुने विषय हुन् । अर्कोतर्फ खुला समाजमा सरकारले उपभोगलाई गैरकानुनी नभनेको चीजवस्तु उपभोग गर्न पाउने नागरिकको अधिकार पनि हो ।

    हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफूनिकटका पत्रकारहरूको एक कार्यक्रममा उनीहरुलाई रक्सी नखाने चेतावनी दिएको आमसञ्चारमा सार्वजनिक भयो । उनको अभिव्यक्तिबारे तथ्यगत रूपमा केही भन्नैपर्ने देखिएको छ । यदि कुनै पनि दलको मुख्यनेता तथा पूर्वप्रधानमन्त्री भइसकेको जिम्मेवार व्यक्तिले हठात् मदिराजन्य वस्तु नखाऊ भन्न सुहाउने विषय होइन ।

    यदि उनको दलको घोषणापत्रमै मदिराजन्य वस्तुलाई कानुन बनाई प्रतिबन्ध लगाउँछौं भनेर घोषित छ भने त्यो बेग्लै कुरा हो । होइन भने अन्य विकल्प नभइकन हचुवाको भरमा रक्सी, बियर नखाऊ भन्नुलाई परिपक्व अभिव्यक्ति मान्न सकिँदैन, यो त अरुको स्वतन्त्रताविरुद्धको अतिक्रमण पनि हो ।

    नेता नेपालले म फेरि प्रधानमन्त्री भएँ भने रक्सी, चुरोटलाई पूरै बन्द गराउँछु भन्ने एजेन्डा लिएर चुनावमा जान सक्छन् । उनको यो एजेन्डालाई मन पराए भने जनताले अनुमोदन पनि गर्न सक्छन् । जस्तो भारतको विहारमा अघिल्लो विधानसभा निर्वाचनमा त्यहाँका मुख्यमन्त्री नितिश कुमारले मदिरा प्रतिबन्ध लगाउने विषयलाई निर्वाचनमा एजेन्डा बनाएका थिए । नेता नेपालले निर्वाचनमा नितिश कुमारकै मोडल अपनाए भने कसैले केही भन्न सक्दैन ।

    तर, नेपालको वर्तमान आर्थिक अवस्थालाई नियाल्दा अन्तशुल्कबाट जति प्रतिशत राजस्व प्राप्त भइरहेको छ, त्यसलाई अर्को माध्यमबाट तुरुन्त परिपूर्ति गरिहाल्ने अवस्था पनि निर्माण भएको छैन । त्यही भएर नेता नेपालको भनाइ अलि आलोकाँचो जस्तो देखिएको छ ।

    यसको विभिन्न पाटाहरू पनि छन् । भारत विहारमा जस्तो रक्सीलगायत मदिराजन्य वस्तुमाथिको प्रतिबन्धले नकारात्मक परिणाम ल्याएको छ । विहारका मुख्यमन्त्री नितिश कुमारले रक्सीमाथि प्रतिबन्ध लगाएपछि त्यहाँ नक्कली र विषाक्त रक्सी खाएर धेरै मानिसको ज्यान गएको भन्दै उक्त कानुनमा संशोधन गर्नका लागि विचार गरिरहको भन्ने केही दिन अगाडि मात्र समाचार आएको थियो ।

    अर्कोतर्फ रक्सीजन्य पदार्थको उत्पादन, वितरण तथा उपभोगमा विधायिकाले कानुन बनाएर रोकेको छैन र कसैले पनि रक्सीजन्य पदार्थ सेवनमा रोक लगाउनुपर्छ भन्दै मुद्दा दायर गरेको र त्यसमा कानुनसरह हुने गरी अदालतले नजिर पनि स्थापित गरेको  छैन । एकजना नेतालाई लाग्यो भन्दैमा सार्वजनिक रूपमा त्यसरी अभिव्यक्ति दिन हुँदैनथ्यो ।

    कि त राजनीतिक एजेन्डा बनाएर चुनावमा गएपछि त त्यस्ता विषयवस्तुबारे जनअनुमोदन लिन सकिन्छ नि ! विहारको चुनावमा नितिशकुमार मदिराजन्य वस्तुमाथि बन्देज लगाउने नारासहित चुनावमा होमिएका थिए । उनले चुनाव जितेपछि त्यसलाई कार्यान्वयन गर्नेतर्फ कदम चालेका पनि थिए । अहिले आएर उनको उक्त कदम नै पुनर्विचार गर्नुपर्ने अवस्थामा पुगेको छ ।

    हामीकहाँ प्रधानमन्त्री भइसकेको व्यक्तिलाई सरकारी राजस्वको स्रोत कहाँ र कति छ भन्ने थाहा छैन । उल्टै मदिराजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने अभिव्यक्ति अहिलेको सन्दर्भमा पटक्कै परिपक्व होइन । कुनै पनि व्यक्तिले मदिराजन्य वस्तुमाथि नियन्त्रण तथा बन्देजको माग गर्न पाउँछन् । तर, प्रधानमन्त्रीजस्तो पदीय जिम्मेवारी सम्हालेको व्यक्तिले मुलुकको आर्थिक स्रोत पहिचान नगरी मदिरालाई रोक्दा त्यसले समग्र आर्थिक क्षेत्रमा पर्ने असरबारे ख्याल गरिएको पाइएन ।

    माधव नेपाल जस्तो जिम्मेवार नेताले गर्ने कुरा होइन यो । कतिपय मानिसले मदिरालाई सोसल ड्रिंकका रूपमा प्रयोग गर्छन्, त्यसबाट सोसलाइजेसन गर्छन् नि ! तर, माधव नेपालले रक्सी खानु खराबै हो भनेर चित्रण गर्नु मनासिब हुँदै होइन । 

    रक्सीलाई व्यवस्थित गर्ने अनि कानुनी मापदण्ड बनाउने भन्ने कुरा जायज हुन्छ । तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मदिराजन्य पदार्थको बिक्री-वितरणलाई व्यवस्थित बनाउन केही पहल थालेका थिए । डा. भट्टराईको पालामा रक्सी पसल छुट्टै हुनुपर्ने, खोल्नको लागि निश्चित समय तोकिनुपर्नेलगायत प्रावधान राख्नेबारे छलफल भएको थियो ।

    जस्तो कि रक्सी पसल अपराह्न दुई बजेदेखि पाँच बजेसम्म मात्र खोल्नुपर्ने, रक्सी किन्न जाने व्यक्तिले १८ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्नेजस्ता नियमनका कुरा उठेका थिए, जुन जायज पनि छन् । निश्चित बारमा गएर रक्सी खानुपर्ने नियम पनि लगाउन सकिन्छ । तर, त्यतिकै रक्सी नखाऊ भन्दै हिँड्नु चाहिँ किमार्थ जायज होइन ।

    रक्सीजन्य पदार्थ निश्चित मापदण्डभन्दा बढी उपभोग भयो भने त्यसले जनस्वास्थ्यमा पार्ने भएकाले निश्चित परिमाण तोकिएको पाइन्छ । जस्तो कि ब्रिटेनमा दैनिक ४ युनिटभन्दा बढी रक्सी नखानु भन्ने त्यहाँको स्वास्थ्य सेवा प्रदायक निकाय एनएचएसको सल्लाह छ ।

    एक युनिटमा २५ एमएल हुन्छ, यसरी हिसाब गर्दा कूल एक सय एमएलभन्दा बढी रक्सी नखान सल्लाह दिइन्छ । यसरी ब्रिटेनमा दैनिक चार एमएल मात्र रक्सी खानु भन्ने मापदण्ड राष्ट्रिय स्वास्थ्य आयोगको निर्देशनका आधारमा तय गरिएको हो ।

    ब्रिटनमा १८ वर्षभन्दा मुनिका व्यक्तिलाई पसलेले रक्सी बेच्दैन र शंका लाग्यो भने आइडी लेऊ भन्छ ।  भारतमा स्पष्ट पहिचान खुल्ने गरी रक्सी क्रेताले फर्म नै भर्नुपर्छ । रक्सी तथा मादकपदार्थबारे संसारमा सरकारहरूले जनस्वास्थ्य कार्यालयका सरसल्लाह पालना गरेको देखिन्छ । मदिराजन्य वस्तुमा सरकारले वर्षैपिच्छे कर पनि बढाएको देखिन्छ ।

    हरेक वर्ष अर्थमन्त्रीले बजेट भाषणका बेलामा मदिराजन्य वस्तुमा कर बढाएको हुन्छ । कर बढाएपछि मदिराजन्य वस्तु महँगो हुन्छ र त्यसको खपत घट्छ भन्ने आँकलन हो । त्यसपछि त्यहाँबाट आएको कर स्वास्थ्य अनुसन्धानको क्षेत्रमा खपत गरिन्छ । जस्तोः सुर्तीजन्य पदार्थमा लगाइएको करबाट आएको रकम क्यान्सरजन्य रोगको अनुसन्धानमा खर्च गरिन्छ ।

    रक्सीलाई व्यवस्थित गर्ने अनि कानुनी मापदण्ड बनाउने भन्ने कुरा जायज हुन्छ । तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मदिराजन्य पदार्थको बिक्री-वितरणलाई व्यवस्थित बनाउन केही पहल थालेका थिए । डा. भट्टराईको पालामा रक्सी पसल छुट्टै हुनुपर्ने, खोल्नको लागि निश्चित समय तोकिनुपर्नेलगायत प्रावधान राख्नेबारे छलफल भएको थियो ।

    नेपाल सरकारले पनि यस्ता रिसर्चका लागि नेपाल हेल्थ रिसर्च काउन्सिललाई रकम दिँदै आएको छ । यस्तो प्रावधानहरु चाहिँ लागू गर्न सकिन्छ । एकपटक प्रधानमन्त्री चलाइसकेका नेता नेपाललाई कि चाहिँ केही थाहा छैन भन्ने बुझ्नुपर्‍यो, होइन भने यो त बचपना हो नि ! जस्तो कि सरकारले थाहा हुँदाहुँदै पनि सार्वजनिक स्वास्थ्यमा प्रतिकूल हुने पदार्थहरूलाई खुला राखेको हुन्छ किनभने त्यो राजस्वको स्रोत हुन्छ ।

    यसरी हेर्दा खेरि माधव नेपाल अलि हावादारी मान्छे रहेको स्पष्ट भएको छ । महाकाली सन्धिका बेलामा एमालेले बिजुली बेचेर खर्बौ कमाइ हुन्छ भनेजस्तै बचपना सोचाइ प्रेरित देखिन्छ यो अभिव्यक्ति ।

    देशको अर्थतन्त्र चल्ने करबाट हो, त्यसमा पनि अन्तःशुल्कको ठूलो योगदान छ । पब्लिक ट्रेजरीको स्रोत के हो भन्नेतर्फ कुनै पनि नेताहरुले ख्याल गरेको पाइँदैन । नत्रभने ११-१२ प्रतिशत राजश्व आइरहेको सुर्ती तथा मदिराजन्य पदार्थको क्षेत्रलाई पूर्ण रुपमा बन्देज लगाउनुपर्छ भन्ने अभिव्यक्ति माधव नेपालले दिने थिएनन् ।

    यस्तो राजश्वको स्रोत यो भन्ने कि त यी नेताहरुलाई थाहा छैन, उनीहरु अबोध हुन् कि त उनीहरु मूर्ख हुन्। उनीहरुमा बालापना छ । अर्को कुरा चाहिँ नेताहरु पब्लिक कन्जम्सनका लागि पनि बोल्ने गर्छन् । माधव नेपाललाई के भ्रम छ भने रक्सी खाने मानिसहरु खराब हुन् । यस्ता कुरा कि चाहिँ बालापनले आउने हो, कि चाहिँ मूर्खपनले आउने हो ।

    सबैभन्दा महत्वपूर्ण हाम्रो देशको करिब एक तिहाई जनसंख्या आदिवासी जनजातिहरू मतवाली छन् अर्थात मदिराजन्य पदार्थ परम्परागत रुपमा उत्पादन र उपभोग गर्ने । उनीहरुको विवाह र अधिकांश सांस्कृतिक पर्वमै मात्रै होइन, जन्म, मृत्यु, पितृकार्य र देवकार्यमा रक्सी अनिवार्य रूपमा चाहिन्छ । उनको अभिव्यक्तिले आदिवासी जनजातिको सामूहिक अपमान भएको छ । माधव नेपालको अभिव्यक्ति सांस्कृतिक रुपमा अभिन्न रक्सी आवश्यक पर्ने समुदाय नै खराब हो भन्ने देखिन्छ ।

    यत्रो राजस्व आउने भएपछि आममान्छेले रक्सी उपभोग गर्छन् भन्ने बुझिन्छ नि ! अर्कोतर्फ धेरै मानिसको सांस्कृतिक पहिचानसँग जोडिएको बिषय पनि हो । माधव नेपाल जस्तो जिम्मेवार नेताले गर्ने कुरा होइन यो । कतिपय मानिसले मदिरालाई सोसल ड्रिंकका रूपमा प्रयोग गर्छन्, त्यसबाट सोसलाइजेसन गर्छन् नि ! तर, माधव नेपालले रक्सी खानु खराबै हो भनेर चित्रण गर्नु मनासिब हुँदै होइन । 

    [भुर्तेल अर्थराजनीतिक विश्लेषक हुन्]

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology