Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

रिबन इन्टरटेनमेन्टले पायो फ्रेन्चाइजी, अब ‘वाईवाई मिसेस नेपाल वर्ल्ड’ सञ्चालन हुने

रिबन इन्टरटेनमेन्टले पायो फ्रेन्चाइजी, अब ‘वाईवाई मिसेस नेपाल वर्ल्ड’ सञ्चालन हुने

  • 460
    SHARES
  • रिबन इन्टरटेनमेन्टले पायो फ्रेन्चाइजी, अब ‘वाईवाई मिसेस नेपाल वर्ल्ड’ सञ्चालन हुने

    काठमाडौं । विवाहित महिलाका लागि आयोजना गरिँदै आएको ‘मिसेस नेपाल इन्टरनेसनल’ अब ‘वाईवाई मिसेस नेपाल वर्ल्ड’का नाममा हुने भएको छ । आयोजक संस्था रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि ‘मिसेस नेपाल वर्ल्ड’को आधिकारिक फ्रेन्चाइजी पाएछि नाममा हेरफेर भएको हो । रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वर्ल्ड’को फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको चाउचाउ वाईवाईसमेत यो सोन्दर्य प्रतियोगितामा सामेल भएपछि प्रतियोगिता ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’का नाममा हुने बताए । झाका अनुसार ‘मिसेस नेपाल वर्ल्ड’सँगै सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेता पनि चयन गरिनेछ ।

    images

    तीनै प्रतियोगिताका लागि आगामी शनिबार पुरानो बानेश्वरस्थित डाइनिङ पार्कमा अडिसन हुनेछ । आवेदन संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँबानेश्वरस्थित अर्याल होटलबाट प्राप्त गर्न सकिनेछ । आयोजकले ‘मिसेस नेपाल वर्ल्ड’को विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लसभेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ ।

    ‘मिसेस नेपाल इन्टरनेसनल’को पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड-१९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो । यस वर्षदेखि यो प्रतियोगितालाई परिमार्जित रुपमा अगाडि बढाउने आयोजकले जनाएका छन् । यो वर्ष ‘मिसेस वर्ल्ड’मा नेपालको पहिलो सहभागिता हुनेछ भने ‘मिसेस इन्टरनेसनल नेपाल’ र ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् । अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताको नियमित तालिम र प्रशिक्षण ८ मंसिरदेखि नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology