Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

इसीडी शिक्षकको गुनासो- पारिश्रमिक पाएनौं, विभेद पनि सहनुपर्छ

इसीडी शिक्षकको गुनासो- पारिश्रमिक पाएनौं, विभेद पनि सहनुपर्छ

  • 1.2K
    SHARES
  • इसीडी शिक्षकको गुनासो- पारिश्रमिक पाएनौं, विभेद पनि सहनुपर्छ

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) यतिखेर देशव्यापी आन्दोलनमा छन् । उनीहरूसँगै विद्यालय कर्मचारीहरू पनि आन्दोलनमा छन् । तोकिए अनुसार पारिश्रमिक स्थानीय सरकारले उपलब्ध नगराएका कारण इसीडी शिक्षक र विद्यालय कर्मचारीहरू आन्दोलित भएका हुन् । सरकारले निर्धारण गरेअनुसारको पारिश्रमिक पाउनुपर्ने एक बुँदे माग उनीहरूको हो ।

    images

    संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दा इसीडी शिक्षक र विद्यालय कर्मचारीको मासिक पारिश्रमिक न्युनतम रूपमा १५ हजार पुर्‍याउने भनेको थियो । आठ हजार रूपैयाँ संघीय सरकारले दिने र बाँकी सात हजार स्थानीय सरकारले दिने भनिएको थियो । संघीय सरकारले दिएको छ । कतिपय स्थानीय सरकारले पारिश्रमिक दिएका छैनन् । जसकारण शिक्षक र कर्मचारीको धेरै गुनासो छ ।

    श्री जनचेतना आधारभूत विद्यालय, रुकुम पश्चिम, खोरबारेमा कार्यरत इसीडी शिक्षक निर्मला ओलीको भनाइमा इसीडी शिक्षकले बालविकासका बच्चालाई चौतर्फी कुराहरूबाट सिकाएका छौं । बच्चाको हाइट, ओइट लिने ,बच्चाको बाल (कपाल) लामो भए काट्ने, नङ काट्ने, जुकाको औषधि खुवाउने,बच्चा बढी फोहोरी भएर आएका छन् भने भने नुहाइदिने, तेल लगाइदिने, बालकविता, बालकथा बालगीतद्वारा सिकाउने र  भोलि  बालविकास कक्षामा गर्ने कार्य बेलुकी अबेरसम्म बसेर तयारी गरेर बालकक्षा जानुपर्ने हुन्छ ।

    भविष्यका कर्णधार बालबालिकालाई इसीडी शिक्षकले उक्त कार्यगर्दा पनि पारिश्रमिक पाउँदैनन् । शिक्षक निर्मला ओलीको गुनासो छ- तर, पनि किन राज्यले हामीलाई केन्द्रबाटै सौतेलो व्यवहार गर्‍यो । जति हामीले बालबालिकाको लागि दुःख गरेका छौं । त्यो दुःख कसैले बुझेनन् ।

    श्री बालमन्दिर माध्यामिक विद्यालय, इनरुवा-२ की इसीडी शिक्षक तथा प्रारम्भिक बालविकास इनरुवा नगर समितिको अध्यक्ष एवम् आन्दोलन समितिको संयोजक सोनु मगरले पनि विद्यालयमा पनि विभेद सहनु परेकाे बताइन् । संयाेजक मगरले थप प्रस्ट पार्दै भनिन्- हामी इसीडी शिक्षकले विद्यार्थीलाई आधारभूत शिक्षा सिकाएर माथिल्लो तहमा पठाउँछौं तर हामी नै हेपिनु परेको छ । ‘तल्लोस्तरको शिक्षक’ भनेर पारिश्रमिकमा हेपिने, शैक्षिक मूल्यांकन नगर्ने जस्ता कार्य भएका छन् । सरकारले इसीडी शिक्षकलाई जन्माएर पनि सौतेलो व्यवहार गरेको छ । सरकारकोतर्फबाट निगरानी, अनुगमन गरेको देखिदैन । कुनै किसिमको प्रोत्साहन पनि छैन ।

    शिक्षकद्वय निर्मला र साेनुको यो प्रतिनिधि आवाज हो । उनीहरूले देशभरका इसीडी शिक्षकको आवाज बोलेका छन् । शिक्षक र विद्यालय कर्मचारीका पीडा बुझ्न स्थानीय सरकार र शिक्षामन्त्री देवेन्द्र पौडेलसमक्ष उनीहरूले आग्रह गरेका छन् ।  

    हेरौं इसीडी कक्षाका केही तस्बिरहरू 

    ecd6.jpg

    ecd4.jpg

    ecd3.jpg

    ecd2.jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology