Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सत्यनिरूपण र बेपत्ता आयोगका काम छिटो पुरा गरौं : डा.भट्टराई

सत्यनिरूपण र बेपत्ता आयोगका काम छिटो पुरा गरौं : डा.भट्टराई

  • 862
    SHARES
  • सत्यनिरूपण र बेपत्ता आयोगका काम छिटो पुरा गरौं : डा.भट्टराई

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्बन्धी आयोगका काम छिटो पुरा गर्नुपर्ने बताएका छन् ।

    images

    विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको सन्दर्भमा आइतबार पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो बताएका हुन् ।  

    डा.भट्टराईले आयोगका काममाथि कसैले पनि छुद्र राजनीति गर्न नहुने पनि बताएका छन् । ‘सत्यनिरूपण र मेलमिलाप आयोग, बेपत्तासम्बन्धी आयोगका काम छिटो पुरा गरौं,’ डा.भट्टराइले भने, ‘तीमाथि छुद्र राजनीति कसैले नगरौं ।’

    उनले जनयुद्ध र पुरक आन्दोलनका रूपमा उठेका मधेस विद्रोह, थारू विद्रोहलगायतका सबै क्रान्तिकारी आन्दोलनका शहीद, वेपत्ता, घाइतेप्रति सम्मान प्रकट गरेका छन् ।

    'शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध छौं' 'शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध छौं'

    तत्कालीन विद्रोही समूह र सरकारबीच दशवर्षे सशस्त्र द्वन्द्व अन्त्य गर्न शान्ति सम्झौता भएको लामो समयपछि बेपत्ता छानबिन र सत्यनिरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बनाइएको थियो । तर, द्वन्द्वपीडितहरूले अझै आफ्ना मागहरू सम्बोधन नभएको र न्याय नपाएको गुनासो गरिरहेका छन् ।

    २०६३ साल मंसिर ५ गते राज्यका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology