Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

वसन्तले ल्याए ‘वनको कोकले’ [भिडियाेसहित]

वसन्तले ल्याए ‘वनको कोकले’ [भिडियाेसहित]

  • 1.2K
    SHARES
  • वसन्तले ल्याए ‘वनको कोकले’ [भिडियाेसहित]

    काठमाडौं । युवा गायक वसन्त देवकोटाको पहिलो लोकदोहोरी गीत ‘वनको कोकले’ सार्वजनिक गरिएको छ ।

    images

    आइतबार राजेन्द्र कँडेलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा वसन्तलाई स्वरमा साथ दिएकी छिन् सुनिता बुढा क्षत्रीले । शब्द वसन्त आफैंले लेखेका हुन् । बिमल अधिकारी र रुपा कँडेलको अभिनय रहेको यस गीतको लय सिर्जन उनै युवा गायक कँडेलले गरेका छन् ।

    सानैदेखि विद्यालय तथा गाउँघरमा हुने विभिन्न कार्यक्रममा सहभागी भएर आफ्नो गायकी क्षमता प्रस्तुत गर्दै आएपनि विभिन्न समस्याका कारण आफूले गीत रेकर्ड गर्न नपाएको देवकोटाकाे भनाइ छ । गोरखाको पालुङटारमा जन्मिएका देवकोटा आफू अब निरन्तर यसै क्षेत्रमा लाग्ने र त्यसका लागि सबैको साथ सहयोग रहनेमा विश्वस्त देखिन्छन् ।

    मालश्री स्टुडियोमा रेकर्ड गरिएको यस गीतको म्युजिक एरेन्ज विनोद बाजुराली गरेका छन् भने रेकडिङ गोविन्द पराजुलीले गरेका छन् । स्मृति तिमिल्सिना ‘गुरु आमा’ को निर्देशन रहेको यस गीतको म्युजिक भिडियोलाई सुपारी म्युजिक प्रा. लि.ले बजारमा ल्याएको छ ।  

          

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology