Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

गोरु कुद्ने खेतबारीमा मिनी टेलर हलो

गोरु कुद्ने खेतबारीमा मिनी टेलर हलो

  • 200
    SHARES
  • गोरु कुद्ने खेतबारीमा मिनी टेलर हलो

    बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-२ सिम निवासी थमबहादुर आलले यसवर्ष गहुँ छर्ने मेलो जोत्न मिनी टेलर हलोको प्रयोग गरे । छोराहरू जागिरको सिलसिलामा घर बाहिर भएको हुँदा उनले पाल्दै आएको हल गोरु बेचेर जोत्नलाई मिनी टेलर प्रयोग गरेका हुन् ।

    विगतका वर्षहरूमा खेतीपातीको लागि उनको कृषि समूहमा एक हल गोरु थियो । यसवर्ष दुवै जनाले गोरु बचे । जोत्ने विकल्पको रूपमा मिनी टेलरलाई रोजे । ‘घरमा केटाकेटी छैनन्, बुढाबुढीले के-के पाल्ने’, आलेले भने, ‘छिटो मिठो मिनी टेलर हुनेरैछ ।’ खनजोतको दुःख, खेतालालाई खाजा सबै खर्चको जोडजाम गर्दा गोरुको प्रयोगभन्दा मिनी टेलर सस्तो पर्ने उनको भनाइ छ ।

    गाउँमा घण्टाको ६०० रुपैयाँ तिरेर जोत्ने गरेको सोही गाउँकी कौशिला विकले बताइन् । गाउँमा सीमित कृषकहरूले मात्रा गोरु पालेको हुँदा मिनी टेलर नै उक्त विकल्प भएको विकको भनाइ छ । ‘अहिले गोरु पाउनै मुस्किल छ’,  विकले भनिन्, ‘गोरुले नै जोत्ने गरी पर्खने हो भने समय ढल्किन्छ ।’

    अहिले गाउँगाउँका खेतबारीमा हल गोरुभन्दा मिनी टेलर हलोको प्रयोग देख्न सकिन्छ । काम गर्न छिटो, सजिलो र सस्तो हुनुका साथै कम जनशक्तिमा धेरै काम गर्न सकिने हुँदा प्रविधि प्रयोगमा कृषकहरू आर्षित भएका छन् । ‘गोरुको प्रयोग गरेर गहुँ छर्दा जोत्ने र खन्ने गर्नुपर्छ’, विकले भनिन्, ‘मिनी टेलरले जोत्दा खन्नु पर्दैनन्, माटो मसिनो बनाएर जोत्ने रैछ ।’

    कृषि ज्ञान केन्द्र बागलुङले पनि कृषिमा यान्त्रिकरणमा जोड दिएको छ । कार्यालयले गतवर्ष जिल्लाभरका ४१ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर हलो वितरण गरेको थियो । चालु आर्थिक वर्षमा पनि कृषि यान्त्रिकरण शीर्षकमा १५ लाख रुपैयाँ विनियोजन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत कुमार पुनले जानकारी दिए ।

    कृषकको आवश्यकताको आधारमा आवश्यक कृषि औजार वितरण गरिने उनले बताए । योवर्ष २६० वटा आवेदन परेका छन् । उक्त आवेदनको आधारमा आवश्यकता हेरी कृषि औजार वितरण गर्ने उनको भनाइ छ । युवा जनशक्ति विभिन्न कारणले गाउँ बाहिर भएपछि गाउँघरमा मिनी टेलर हलोको माग बढी हुने उनले बताए ।  

  • सम्बन्धित विषय:

  • # टेलर हलो

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology