Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कोरोना भाइरसः पितृसत्तात्मक महामारी

कोरोना भाइरसः पितृसत्तात्मक महामारी

  • 2.6K
    SHARES
  • कोरोना भाइरसः पितृसत्तात्मक महामारी

    विश्वभर कोरोना भाइरसको महामारी सुरु भएको एक वर्ष बढी भइसकेको छ । महामारी सुरु भएको केही समयपछि विश्वका धेरै देशमा महिला हत्या तथा घरेलु हिंसामा व्यापक वृद्धि भयो ।

    images

    यस्तै अवस्था मेक्सिकोमा देखियो । मेक्सिकोका राष्ट्रपति एन्ड्रस म्यानुएल लोपेज ओब्राडोर (एएमएलओ) ले सुरुदेखि नै महिला हिंसाको मुद्दालाई बेवास्ता गर्दै आएका थिए, उनले यस्तो महत्वपूर्ण घटनाहरुलाई पन्छाएर राष्ट्रपतीय योजनालाई अगाडि बढाउनुपर्ने अभिव्यक्ति दिएका थिए । उनले हटलाइनमा महिला हिंसाबारे आउने ९० प्रतिशत फोनहरु सबै फेक रहेको प्रतिक्रियासमेत दिएका थिए । 

    एएमएलओ सरकारले महिला हिंसा नियन्त्रण गर्न भन्दै सार्वजनिक सेवा भिडियो जारी गरेको थियो, त्यसमा १० पटकसम्म गहिरो श्वासप्रश्वास लिने जस्ता कार्य गरेर घरेलु हिंसालाई रोक्न सकिन्छ भनेर हाँस्यास्पद सल्लाहसहितको सुझाव दिइएको थियो । 

    अवश्य, मेक्सिको तथा विश्वका धेरै देशमा महामारी सुरु भएपछि महिलाले सामना गर्नुपरेको अवस्थाका कारण राम्ररी सास फेर्न पनि पाएनन् । लकडाउनपछि घरमै सबै परिवारका सदस्य एकैठाउँमा  बस्नुपर्ने भएपछि महिलाहरु जटिल समय व्यतित गरिरहेका थिए । मानिसहरु एकै छानामुनि भएपछि हिंसा बढ्नु सामान्य हो, जुन हिंसा महिलाले सामना गर्नुपरेको छ । अर्जेन्टिनादेखि मलेसिया, सुडानदेखि बेलायत अमेरिकासम्म त्यहाँ लकडाउनको अवधिमा महिला हिंसाको ग्राफ ह्वात्तै बढेको छ ।

    अन्तर्राष्ट्रिय साप्ताहिक जर्नल नेचरले सन् २०२० को जुलाई महिनामा प्रकाशित गरेको रिपोर्टमा ‘महिलाहरु महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको’ उल्लेख छ ।

    महामारीमा महिला घरेलु हिंसाबाट मात्र होइन, अन्य माध्यामबाट पनि अप्रिय रुपमा प्रभावित भएका छन् । जस्तो, धेरै देशहरुमा उद्योग, हस्पिटालिटी, खाद्य सेवामा कार्यरत महिलाहरुको ठूलो संख्याले रोजगारी गुमाएका छन् । 

    विश्वव्यापी रुपमा, महिलाका लागि घरेलु हेरचाह तथा काम अनिवार्य छ, जसबाट कुनै पारिश्रमिक पाउँदैनन् । लकडाउनपछि विद्यालय तथा कार्यालय बन्द हुँदा महिलाले घरेलु कामको बोझ थपियो । अमेरिका वा अन्य देशका महिलाहरुले महामारीका समयमा आफ्ना बालबालिकाको हेरचाह गर्न जागीर छोड्नुपरेको छ । पुँजीवादको एक क्रुरता हुन्छ, यदि तपाईसँग आयस्रोत छैन भने कसरी कसैको ख्याल राख्नुहुन्छ ? 

    सन् २०१९ को सर्वेअनुसार महामारीका समयमा विश्वका एक सय चारवटा देशमा करिब ६७ प्रतिशत महिला अग्रपंक्तिमा रहेर स्वास्थ्यसेवामा काम गरिरहेका छन्, जसको अर्थ उनीहरु कोरोना महामारीको जोखिममा छन् । एकातिर महामारीको जोखिम अर्कोतर्फ  पुरुष सहकर्मीभन्दा कम पारिश्रमिक । आम्दानी, स्वास्थ्य तथा कार्य सुविधा प्रणालीमा कमजोर स्थानमा रहेका महिलाले महामारीको समयमा अर्को ठूलो समस्या पनि भोग्न परिरहेको छ । विभिन्न देशमा महिलाहरुको प्रजनन तथा यौन स्वास्थ्य सेवा पनि कोरोना महामारीले प्रभावित बनाएको छ । जसबाट उनीहरु गर्भपतन, परिवार नियोजनलगायतका सेवाबाट बञ्चित भएका रिपोर्टहरु सार्वजनिक भइरहेका छन् । महामारीले जनस्वास्थ्यका अन्य प्रणालीलाई जसरी प्रभाव पार्यो, प्रजनन स्वास्थ्यमा पनि प्रत्यक्ष असर पारेको छ ।

    लैंगिक समानता र सशक्तिकरणका लागि संयुक्त राष्टसंघीय निकाय युएन वुमनले पनि महामारीले हुने गरिबीमा पुरुषहरु भन्दा महिला बढी चरम गरिबीमा धकेलिने र सबैभन्दा कमजोर महिलाहरुले ठूलो पीडा भोग्नुपर्ने चेतावनी दिएको थियो । 

    अन्तर्राष्ट्रिय साप्ताहिक जर्नल नेचरले सन् २०२० को जुलाई महिनामा प्रकाशित गरेको रिपोर्टमा ‘महिलाहरु महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको’ उल्लेख छ । ‘अघिल्ला महामारीको सिकाइका बावजुद’ विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस नियन्त्रणको रणनीति तथा महामारीको प्रतिक्रियाका योजनामा महिलाका यौन, प्रजनन स्वास्थ्यसँग जोडिएका विषयलाई समावेश गर्न नसक्दा यसले गम्भीर परिणाम निम्त्याएको छ ।

    महामारीको चपेटामा परेका देशहरुले प्रजनन स्वास्थ्यलाई त्यति महत्व दिन सकेनन् र तत्कालै आवश्यक कार्ययोजना बनाउन नसक्दा इन्डोनेशिया, मोजाम्बिकलगायतका देशमा गर्भनिरोधक औषधिको अभाव भयो र इटालीले गर्भपतनलाई स्थगित नै गरिदियो । जनस्वास्थ्य प्रणालीमा महामारीले पारेको असरले महिलाहरु गम्भीर संकटमा परे । अमेरिकामा महामारीसँगै अश्वेत समुदायमा मातृशिशु मृत्युदर ह्वात्तै बढेको छ, यसले त्यहाँको जातीय विभेदलाई स्पष्ट चित्रण गर्छ । 

    बु्रकिंस इन्स्टिच्युटले अक्टुबरमा गरेको अध्ययनले महिलामा कोभिड–१९ ले कडा असर गरेको बताएको थियो । अमेरिकाको अर्थतन्त्रमा आएको गिरावट, रोजगारीको कमी, त्यसमाथि कोरोना संक्रमण निरन्तर उकालो लागिरहँदा त्यहाँ अर्थव्यवस्था सन्तुलित नहुँदा महिलाहरु बढी तनावमा परेको नतिजा सार्वजनिक गरेको थियो । अमेरिकी अर्थव्यवस्था महिलाप्रति कठोर रहेकाले कोभिड–१९ महामारीमा झन् कठिन बनेर तनाव वृद्धिका साथै सामाजिक र मानसिक स्तर कमजोर बनाएको बु्रकिन्सको अध्ययनमा थियो । 

    अमेरिकामा मात्र होइन, महामारीले संरचनात्मक शोषणलाई झन् उच्च बनाएको छ । उदाहरणका लागि गाजा क्षेत्रमा हेर्दा, लकडाउन विश्वव्यापी नियम बन्नुभन्दा अगाडि नै इजरायलले त्यहाँका बासिन्दालाई आपराधिक कैदी सरह आफ्नो नियन्त्रणमा राखेको थियो । इजरायलको डरका कारण प्यालेस्टाइनीहरु स्वतन्त्र भएर सास फेर्न पनि सकेका छैनन । 

    पितृसत्तात्मक पुँजीवादको विश्वमा, महामारीले संरचनात्मक विकृति विज्ञानको पुनरुत्पादन गर्नु कुनै नौलो कुरा होइन्, यसमा उत्पीडित सँधै उत्पीडित नै हुन्छन् । तर समाज निरंकुशता र अन्यायको नयाँ तथा सुधारिएको स्टेनले अझ बढी तनावले ग्रस्त छ, यसका लागि हामीले वास्तवमा कोरोना भाइरसविरुद्ध जस्तै समाजमा महिलामाथि हुने उत्पीडन, शोषण र हिंसाविरुद्ध प्रतिरोधात्मक क्षमता प्रयोग गर्न सक्छौं । 

    भाइरसले समुद्री तटमा रहेका महिलालाई विशेष गरी गम्भीर असर पुर्याएको छ । यद्यपि इजरायलको नाकाबन्दी र पटकपटकको सैन्य नरसंहारले महामारी आउनुभन्दा अगाडि नै वातावरण असहज थियो तर महामारी पछि पनि इजरायलले औषधि उपकरणको आयातलाई असफल पार्नका लागि ठूलो बाधा पुर्याएको छ । 

    इजरायली हतियार र दमनकारी विशेषज्ञताको परीक्षण क्षेत्र गाजालाई पहिलेदेखि नै खुला कारागारको रुपमा चिनिन्छ । महामारीले त्यहाँ महिलामा गरिबी, बेरोजगारी, घरायसी बोझ, महिलाविरुद्धको शारीरिक तथा मानसिक हिंसामाथि ‘आगोमा घिउ थप्ने’ काम गर्यो । 

    विश्वको अर्को विषाक्त पुँजीवादी देश श्रीलंकामा लिंगमा आधारित हिंसा बढ्दै गइरहेको छ । गत अक्टुबरमा गम्पाहा जिल्लाका गार्मेन्ट कारखानामा काम गर्ने मजदूरहरुमा कोरोना भाइरसको कलस्टर देखा परेपछि दोस्रो लकडाउन लागू गरियो, जसपछि त्यहाँ काम गरिरहेका बहुसंख्यक महिला मजदूरले रोजगारी, आय र आवास गुमाउनु परेको थियो । 

    ‘लैंगिक प्रकृति र श्रीलंकाका महिलामा कोरोना भाइरसले पारेको प्रभाव’बारे टिप्पणी गर्दै श्रीलंकाली लेखक तथा अनुसन्धानकर्ता सुलोचना पेरिसले सामाजिक आर्थिक मुद्दाहरुलाई सम्बोधन गर्न तथा  महामारीपछि प्रभावित महिलाहरुको स्तर उकास्न समग्रमा नीति निर्माणमा कमी रहेको बताइन् ।

    पेरिसका अनुसार यसबाहेक मध्यपूर्वका देशहरुमा रोजगारीको सिलसिलामा फसेका महिला प्रवासी श्रमिकहरुको ठूलो संख्या विभिन्न प्रकारका दुर्व्यवहार शिकार बने । महामारी अघि पनि त्यहाँ कामको क्रममा पुगेका महिलाहरु शोषणमा पर्नु नौलो त होइन्, तर महामारीले शोषणको श्रृङ्खलालाई अझ थपेको छ ।

    लैंगिक समानता र सशक्तिकरणका लागि संयुक्त राष्टसंघीय निकाय युएन वुमनले पनि महामारीले हुने गरिबीमा पुरुषहरु भन्दा महिला बढी चरम गरिबीमा धकेलिने र सबैभन्दा कमजोर महिलाहरुले ठूलो पीडा भोग्नुपर्ने चेतावनी दिएको थियो । यसले आप्रवासी कामदारहरु, शरणार्थीहरु, सीमान्तकृत जातीय समूहहरु, एकल अभिभावक परिवारहरु, गरिबीको रेखाभन्दा मुनि रहेका महिलाहरुलाई झन् धेरै समस्यामा पार्ने बताएको थियो । 

    पितृसत्तात्मक पुँजीवादको विश्वमा, महामारीले संरचनात्मक विकृति विज्ञानको पुनरुत्पादन गर्नु कुनै नौलो कुरा होइन्, यसमा उत्पीडित सँधै उत्पीडित नै हुन्छन् । तर समाज निरंकुशता र अन्यायको नयाँ तथा सुधारिएको स्ट्रेनले अझ बढी तनावले ग्रस्त छ, यसका लागि हामीले वास्तवमा कोरोना भाइरसविरुद्ध जस्तै समाजमा महिलामाथि हुने उत्पीडन, शोषण र हिंसाविरुद्ध प्रतिरोधात्मक क्षमता प्रयोग गर्न सक्छौं । 

    अमेरिकी पत्रकार बेलेन फर्नान्डेजले अलजजीरामा लेखेकाे  लेखकाे अनुवाद

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology