Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

इलाममा साढे चार करोडको लगानीमा बन्यो फनपार्क

इलाममा साढे चार करोडको लगानीमा बन्यो फनपार्क

  • 75
    SHARES
  • इलाममा साढे चार करोडको लगानीमा बन्यो फनपार्क

    इलाम । इलाम नगरपालिका-७ मा साढे चार करोड रुपैयाँको लगानीमा फनपार्क निर्माण भएको छ । पार्कको नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले संयुक्त रूपमा उद्घाटन गरेका छन् । बालबालिका र वयस्कहरूको मनोरञ्जनका लागि फनपार्क निर्माण गरिएको हो ।

    फनपार्कमा चारवटा डिब्बा भएको मिनी रेल, रोटे पिङ, एडल्ट बुल राइड, ढिकिच्याउ, स्प्रिङ जम्पर, चप्लेटि, फ्लाइङ कार, कोलम्बस राइडलगायतका खेल सामग्री छन् । फनपार्कमा १४ वटा खेल्ने सामग्री र १६ वटा अन्य भौतिक वस्तु निर्माण गरिएको इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाईंले जानकारी दिए । फनपार्कमा शौचालय, पिलर अप लाइट, वालअफ नलेज, प्रवेशद्वार, टिकट काउन्टर, क्यान्टिन निर्माण गरिएको छ ।

    चार करोड ५७ लाख ४१ नौ सय ७७ रुपैयाँको लागानीमा फनपार्कको निर्माण पूरा भएको नगरपालिकाले जनाएको छ । नगर विकास कोषको तीन करोड ३५ लाख ३० हजार रुपैयाँ ऋण र इलाम नगरपालिकाको एक करोड २२ लाख रुपैयाँ फनपार्क निर्माणमा लगानी गरिएको छ । नगर विकास कोषले दुई वर्ष सहुलियतसहित २० वर्षमा साँवा ब्याज भुक्तानी गरिसक्नुपर्ने गरी ऋण उपलब्ध गराएको हो ।

    इलाम नगरपालिकाले नगर विकास कोषलाई पहिलो किस्ताबापत २४ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । नगरपालिकाले ३६ किस्तामा कोषको सावा ब्याज भुक्तानी गरिसक्ने लक्ष्य राखेको छ । नगरपालिकाले अन्तिम किस्तामा पुग्दा दश लाख ४३ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।

    आदर्श माविको जग्गामा नगरपालिकाले बनाएको फनपार्क पाँच वर्षसम्म इलाम नगरपालिकालेनै सञ्चालन गर्नेछ । त्यसपछि भने फनपार्कको सञ्चालन आदर्श माध्यमिक विद्यालयले गर्नेछ । आदर्श माविको तीन रोपनी तीन पैसा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कको पाँच वर्षपछि आम्दानीसमेत विद्यालयकै हुने छ ।

    नगर विकास कोषको ऋण भने नगरपालिकालेनै भुक्तानी गर्नेछ । फनपार्कबाट वार्षिक ४५ लाख ५६ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ । त्यसको सञ्चालन र व्यवस्थापनको लागि २७ लाख ५८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । फनपार्कबाट वार्षिक १७ लाख ९८ हजार रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान छ ।

    बालबालिकाको संविधानप्रदत्त अधिकार कार्यान्वयनको नगरपालिकाले फनपार्क निर्माण गरेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत बताउँछन् । फनपार्क सञ्चालबाट हुने आम्दानीले आदर्श माविको गुणस्तर विकासमा सहयोग पुग्ने प्रमुख बस्नेतको विश्वास छ ।

  • सम्बन्धित विषय:

  • # फनपार्क

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology