Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

कोरोना ग्राफ : ३३२ संक्रमित, २३२ जना निको 

कोरोना ग्राफ : ३३२ संक्रमित, २३२ जना निको 

  • 100
    SHARES
  • कोरोना ग्राफ : ३३२ संक्रमित, २३२ जना निको 

    काठमाडाैं । नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बुधबार ३३२ जना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ७ हजार ५९० जनाको पिसिआर परीक्षण र २३३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

    नेपालमा हाल ७ हजार ३६९ जना सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको  निधन भएको छ । योसँगै निधन हुनेको संख्या ११ हजार ४९३ पुगेको छ ।

    २३२ जना निकोसमेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ । त्यस्तै, काठमाडौं उपत्यकामा १८१ थपिएका छन् । जसमध्ये काठमाडौंमा १४४, ललितपुरमा २६ र भक्तपुरमा ११ संक्रमित छन् ।  

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology