Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सामुदायिक विद्यालयमा यस्तो विभेद

सामुदायिक विद्यालयमा यस्तो विभेद

  • 738
    SHARES
  • सामुदायिक विद्यालयमा यस्तो विभेद

    हाल देशभरका धेरै सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यममा पढाइ सुरु गरेका छन् । यसबाट विद्यार्थी तथा अभिभावकहरूमा बढ्दो आकर्षण छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि हुनु राम्रो हो । तर, कतिपय सामुदायिक विद्यालयहरूले अंग्रजी र नेपाली भाषाका लागि भिन्नाभिन्नै पोसाक एउटै विद्यालयमा लागू गरेर विद्यार्थीहरूप्रति विभेद गरिरहेका छन् ।

    images

    पैसा तिरेर अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरूको कक्षाकोठा व्यवस्थापनदेखि शिक्षणमा धेरै ध्यान दिने गरेको पाइन्छ । त्यही अनुपातमा नेपाली माध्यममा पढ्नेहरूलाई ध्यान दिएको पाइन्न । यस प्रकारको वर्गीय विभेदले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिहुन सक्दैन ।

    नेपाली भाषाप्रतिको अवहेलना र अंग्रेजी मोहले गर्दा केही सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूप्रति यस्तो गम्भीर प्रकारको विभेद गरिरहेका छन् । के सामुदायिक विद्यालयहरूले शिक्षण गर्दा एउटै माध्यम भाषा र पोसाक बनाउन सकिन्न ?

    दुई थरी माध्यम भाषा लागू गर्न, दुई थरी पोसाकको व्यवस्था गर्न र दुई थरीका विद्यार्थी उत्पादन गर्न सामुदायिक विद्यालयलाई अधिकार कसले दियो ? यस विषयमा शिक्षासँग सम्बन्धित निकाय तथा शिक्षाविद्हरूको गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ ।

    [धरान-१७, सुनसरीका पर्वत सन्जेलकाे विचार उपयुक्त लागेर प्रकाशित गरेका हाैं । शिक्षा फेसबुक पेजबाट साभार गरेका हाैं ।] 

  • सम्बन्धित विषय:

  • # विद्यालय

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology