Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

नेपालमा सूर्तिजन्य पदार्थको सेवनले वर्षेनी जान्छ २७ हजार जनाको ज्यान 

नेपालमा सूर्तिजन्य पदार्थको सेवनले वर्षेनी जान्छ २७ हजार जनाको ज्यान 

  • 75
    SHARES
  • नेपालमा सूर्तिजन्य पदार्थको सेवनले वर्षेनी जान्छ २७ हजार जनाको ज्यान 

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणले हुने मृत्युको तुलनामा सूर्तिजन्य पदार्थको सेवनले ४ गुणा बढीले ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक भएको छ। बुधबार ललितपुरमा आयोजित ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षीय पैरवी बैठकमा विज्ञहरुले प्रस्तुत गरेको तथ्यांकमा यस्तो पाइएको हो । 

    कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले पस्तुत गरेको तथ्याङ्कअनुसार पछिल्लो वर्षमा सूर्तीजन्य पदार्थको सेवनका कारण बर्षेनी २७ हजार १३१ जनाको मृत्यु हुने गरेको छ। 

    करिब डेढ वर्षको अवधिमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ । यो आँकडालाई तुलना गर्दा कोभिड–१९ का कारणले भन्दा  सूर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या ४ गुणा बढी भएको चन्दले बताए। 
     
    सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने कानुन नेपाल कागजमा बलियो रहेको भए पनि कार्यन्वयनमा फितलो रहेको उनको तर्क थियो । 

    त्यसैगरि मुटुरोग विशेषज्ञ डा. चन्द्रमणी अधिकारीले सातामा करिब ३ जना युवा हृदयघातको समस्या लिएर आफूकहाँ आउने गरेको बताए । ‘विश्वमा हुने गरेका मृत्युमध्ये सबैभन्दा बढी मुटुरोगको कारणले हुन्छ,’ उनले भने, ‘नेपालमा पनि हृदयघात मुटुरोगको कारणले करिब ४६ प्रतिशतको मृत्यु हुने गरेको छ ।’ ५० वर्ष मुनिका चुरोट नखाने मानिसको तुलनामा चुरोट खाने व्यक्तिमा हृदयघात हुने जोखिम ८ गुणा  बढी रहेको चन्द्रमणीको भनाइ छ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology