Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

तीनमध्ये एक जना मधुमेह बिरामी आँखासम्बन्धी समस्याबाट ग्रसित 

तीनमध्ये एक जना मधुमेह बिरामी आँखासम्बन्धी समस्याबाट ग्रसित 

  • 77
    SHARES
  • तीनमध्ये एक जना मधुमेह बिरामी आँखासम्बन्धी समस्याबाट ग्रसित 

    काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले २८ कार्तिकदेखि ४ मंसिरसम्म ‘मधुमेहको आँखामा असर सम्बन्धी सचेतना’ सप्ताह मनाएको छ । यस अवधिभर प्रतिष्ठानले मधुमेहको आँखामा असरसम्बन्धी जनचेतना फैलाउनको लागि अस्पतालको हाताभित्र विभिन्न जनाकारीमूलक सामाग्री वितरण गरेको थियो । 

    बुधबार काठमाडौंमा पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै साताभरि प्रतिष्ठानलगायत प्रतिष्ठानको शाखा सामुदायिक आँखा अस्पताल र आँखा केन्द्रहरुमा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको आँखारोग विशेषज्ञ डा. रबा थापाले जानकारी दिइन् । 

    डा. रबाकाअनुसार हरेक तीनमध्ये एकजना मधुमेहका बिरामीले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टिमा क्षति व्यहोर्नु पर्ने हुन्छ । ‘संसारमा कुल अन्धोपनामध्ये ४.८ प्रतिशत अन्धोपना डायवेटिक रेटिनोपेथीको कारणले हुन्छ,’ उनले भनिन्, ‘आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी ढिलो अस्पताल आउँछन् । मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसञ्चारमा प्रभाव पार्छ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव भएर दृष्टि कमजोर हुन्छ ।’ 

    सन्तुलित आहार, नियमित शारीरिक व्यायाम, नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापन र औषधिउपचारको माध्यमबाट मधुमेहले आँखामा पार्ने असरबाट ५० प्रतिशत जोगिन सकिने डा. रबाले जानकारी दिइन् । मधुमेह रोगको पहिचान हुनासाथ चिकित्सकको सल्लाहबमोजिम नियमित आँखा जाँच गराउन समेत उनले सुझाइन् । 

    मधुमेहको आँखामा असर ‘डायवेटिक रेटिनोपेथी’  सम्बन्धी जनचेतना जगाउनको लागि सन् २०१४ देखि तिलगंगा आँखा प्रतिष्ठानले साताव्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology