Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मूला खाँदा फाइदै फाइदा

मूला खाँदा फाइदै फाइदा

  • 429
    SHARES
  • मूला खाँदा फाइदै फाइदा

    काठमाडौं । चाडबाडको समयमा नेपाली भान्सा घरमा विभिन्न परिकारहरु बनाइने गरिन्छ । जसमध्ये एक हो आलु, मूला, काँक्रो, मटर, चना, हरियो खुसार्नी, धनिया, बन्दागोभी र तिल मिश्रित अचार । यसमा अमिलो, पिरोको स्वाद पाइने हुनाले धेरैले अचारलाई मन पराउँछन् । 

    images

    उक्त अचार बनाउन प्रयोग गरिने विभिन्न सामाग्रीमध्ये एक हो मूला । नेपाली भान्सामा मूलालाई विशेषगरि तरकारी, अचार, सलाद बनाउन प्रयोग गरिन्छ । यसकासाथै नेपालीहरुको अत्यधिक रोजाईमा पर्ने गुन्द्रुक पनि मूलाबाट नै बनाइन्छ । मूलालाई सलादमा धेरै नै रुचाइन्छ ।

    कतिपय व्यक्तिले मूला भन्ने वित्तिकै नाक खुम्च्याएको पाइन्छ । तर हेला गरिएको मूलाको आफ्नै महत्व छ । मूलामा भिटामिन सी, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, सोडियम जस्ता पोषक तत्व पाइन्छन् । जसबाट पर्याप्त पोषण मिल्नुकासाथै अन्य शारीरिक समस्याको जोखिमलाई पनि कम गर्छ । 

    मूला सामान्य तरकारी भएता पनि यसको सेवनबाट शरीरलाई धेरै नै फाइदा हुन्छ । मूला औषधिय गुणले भरिपूर्ण हुन्छ । दैनिक खानामा यसलाई समावेश गर्दा क्यान्सर, मधुमेह, रक्तचापजस्ता समस्यालाई टाढा राख्छ । 

    क्यान्सरको जोखिम न्यून
    मूलामा भरपुर मात्रामा भिटामिन सी र एन्थाकाइनिन तत्व पाइन्छ । यस तत्वले शरीरलाई क्यान्सरसँग लड्न मद्दत गर्छ । मूलाले मुख, पेट, आन्द्रा, मिर्गौला क्यान्सरसँग लड्नमा सहायक भुमिका निभाउँछ  । 

    मधुमेहमा लाभदायक
    दैनिक बिहान मूलाको सेवन गर्नाले चाँडै नै मधुमेहबाट छुटकरा पाइन्छ ।
    रुघाखोकीबाट बचाउँछ 
    मूला खानाले रुघाखोकी लाग्दैन । अरु केही नभएपनि मूलालाई सलादको रुपमा दैनिक सेवन गर्दा उत्तम मानिन्छ । 
    टाढा राख्छ रोगहरु  
    काँचो मूला वा मूलाको पातको तरकारी बनाएर खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ । दैनिक बिहान एक काँचो मूला खानाले जण्डिस रोगबाट आराम मिल्छ । मूलाकासाथै यसको रस खाँदा पनि स्वास्थ्यलाई धेरै प्रकारको फाइदा पुग्छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology