Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चदेखि बालुवाटारसम्म ‘न्याय मार्चपास’ 

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चदेखि बालुवाटारसम्म ‘न्याय मार्चपास’ 

  • 71
    SHARES
  • प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चदेखि बालुवाटारसम्म ‘न्याय मार्चपास’ 

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदमुक्त गर्न माग गर्दै आज बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिँदैछ । 

    प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दैै आन्दोलनरत नेपाल बार एसोसिएसन र अन्य पेशागत संघसंस्थाले आज दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् ।

    नेपाल बार, सर्वोच्च बार,बृहत् नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ,  नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा मार्च पास हुँदैछ ।

    चरणवद्ध आन्दोलनमा रहेको बारले यसअघि प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।

    बारले कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध तथा धर्ना कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रम आज पनि बिहान १० बजे सुरु हुनेछ । 

    March-appeal.jpg.jpg

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology