Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

घट्यो सुनको भाउ 

घट्यो सुनको भाउ 

  • 536
    SHARES
  • घट्यो सुनको भाउ 

    काठमाडौं । साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार १०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो ।

    images

    बिहीबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    बिहीबार चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ ।  बुधबार चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको भाउ प्रति १० ग्राम एक हजार ५४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology