Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयद्वारा राजमार्ग अवरुद्ध

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयद्वारा राजमार्ग अवरुद्ध

  • 391
    SHARES
  • ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयद्वारा राजमार्ग अवरुद्ध

    धनगढी । कैलालीको लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएर एक महिलाको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । उनीहरूले पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन् । 

    images

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्वराज अधिकारीका अनुसार स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । तर, पनि स्थिति शान्त बन्न सकेको छैन । 

    अहिले सो स्थानमा सुरक्षाहरू परिचालन गरिएको छ । घटनापछि प्रहरीले ट्रक चालक नवलपासीका राजकुमार चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख अधिकारीले बताए ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology