Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

मेरो नेतृत्वको कांग्रेसले मात्रै निर्वाचनमा बहुमत ल्याउँछ : निधि 

मेरो नेतृत्वको कांग्रेसले मात्रै निर्वाचनमा बहुमत ल्याउँछ : निधि 

  • 611
    SHARES
  • मेरो नेतृत्वको कांग्रेसले मात्रै निर्वाचनमा बहुमत ल्याउँछ : निधि 

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले पार्टीको १४औं महाधिवेशनमा सभापति पदका लागि औपचारिकरूपमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार एक कार्यक्रममार्फत् निधिले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।

    images

    उनले उम्मेदवारी घोषणा गर्दै २३ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् । निधिले सभापतिमा आफ्नो उम्मेदवारीको ध्येय र आशय अगामी सरकार कांग्रेसको एकलौटी बनाउनु रहेको बताए ।

    उनले कांग्रेसको नेतृत्वमा संविधानमा जारी भएपनि निर्वाचनपछि कम्युनिस्ट पार्टीले सरकार बनाएपछि विकृती सुरु भएकाे बताए । कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न कांग्रेसको एकलौटी सरकार आवश्यक रहेको उनकाे भनाइ छ ।

    निधिले आफ्नो नेतृत्वमा मात्रै कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्न सक्ने दाबी गरे ।

    उनले जनतामा गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता, हिमाल, पहाड, तराई-मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रूपमा जोड्ने कांग्रेस बनाउन आफूलाई सभापतिमा निर्वाचित गर्न आग्रह गरे । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology