Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

एमाले महाधिवेशनका लागि ठाकुर चितवनमा

एमाले महाधिवेशनका लागि ठाकुर चितवनमा

  • 389
    SHARES
  • एमाले महाधिवेशनका लागि ठाकुर चितवनमा

    चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लाेसपा) का अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् । बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् ।

    एमालेले संसदमा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा शुभकामना मन्तव्य दिने तय भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

    एमाले महाधिवेशन : देउवा जाने, प्रचण्ड अन्योलमा, नेपाललाई निम्तो नै गरिएन एमाले महाधिवेशन : देउवा जाने, प्रचण्ड अन्योलमा, नेपाललाई निम्तो नै गरिएन

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology