Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

थप ३०८ कोरोना संक्रमित, २९८ जना निको  

थप ३०८ कोरोना संक्रमित, २९८ जना निको  

  • 63
    SHARES
  • थप ३०८ कोरोना संक्रमित, २९८ जना निको  

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको निधन भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट निधन हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको छ ।

    बिहीबार २९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ३४९ सक्रिय संक्रमित रहेका छन् ।

    गत २४ घण्टामा ७ हजार १०४ पीसीआर तथा १ हजार ८०५ एन्टिजेन परीक्षण भएको छ ।

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology