Logo

२०७८, मंसिर १९ गते आइतवार

२०७८, मंसिर १९ गते आइतवार

लुटेको पैसाले एमालेले नारायणी किनारमा भोज गरिरहेको छ : रन्जित तामाङ

लुटेको पैसाले एमालेले नारायणी किनारमा भोज गरिरहेको छ : रन्जित तामाङ

  • 1.4K
    SHARES
  • लुटेको पैसाले एमालेले नारायणी किनारमा भोज गरिरहेको छ : रन्जित तामाङ

    इलाम । अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष रन्जित तामाङले देश लुटेको पैसाले एमालेले चितवनमा भोज गरिरहेको आरोप लगाएका छन् ।

    नेकपा (माओवादी केन्द्र) माइनगरपालीका इलामको नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्ने क्रममा तामाङले चितवनमा पार्टी अधिवेशन गरिरहेको पार्टी नेकपा एमालेमाथि यस्तो आरोप लगाएका हुन् ।

    तीन वर्ष बढी जनताको मतको अपमान गर्दै ओलीले मजाक र ठट्टा गरेर बिताएको भन्दै तामाङले केपी ओली नेतृत्वको सरकारको भ्रस्टाचार छानबिन हुनुपर्ने बताए । 

    तामाङले ओली सरकारले मुलुकमा कहिल्यै नभएको भ्रस्टाचार गरेको आरोप समेत लगाए । उनले भने, ‘केपी ओली सरकारले इतिहासमा पहिले कहिल्यै नभएको भ्रस्टाचार गरेको छ । देश लुटेको पैसाले नारायणी किनारमा ‘पिकनिक’ आयोजना गरेर धुलो उडाइरहेको छ । हामी ओली सरकारका पालाम भएको भ्रस्टचारमाथि छानविनको माग गर्दछौं ।’ 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology